Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ – भियतनाममा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको छ । भियतनामको सरकारी मिडियाका अनुसार कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । यो भियतनाममा कोरोनाबाट मृत्यु भएको पहिलो केस हो ।

बिबिसीका अनुसार ७० बर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । छिमेकी देश देश चीनमा गत डिसेम्बरमा कोरोना शुरु भएदेखि नै भियतनाममा सामाजिक दुरी र क्वारेन्टाइनको कडा नियम लागु गरिएको थियो । जसको कारण भियतनामले कोरोना फैलिनबाट रोक्न सफल भएको थियो । तर पछिल्ला केहि दिनमा भने भियतनामको डानांग शहरमा कोरोना संक्रमित देखिएका छन् ।

९ करोड ५० लाख जनसंख्या भएको भियतनाममा अहिलेसम्म केवल ५०९ जना संक्रमित भएका छन् । कोरोना संक्रमण नहुदै भियतनाममा लागु गरिएको लकडाउन र यातायातको बन्दले संक्रमण नियन्त्रणमा आएको बताइएको छ । विश्वमा कोरोना रोक्न सफल देश मध्ये भियतनामलाई पनि लिने गरिन्छ ।

तपाईको प्रतिक्रिया