Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – बेलायतमा अगस्ट महिनामा रेष्टुरेन्टमा खाने मानिसहरूलाई ५० प्रतिशत छुट दिइने भएको छ । आतिथ्य क्षेत्रलाई सम्हाल्ने सरकारको योजना अन्तर्गत यो व्यवस्था ल्याइएको बताइएको छ ।

बेलायतका अर्थमन्त्री ऋषि सुनकले अगस्टमा यो छुटको फाइदा उठाउन सक्ने बताएका बीबीसीले उल्लेख गरेको छ । यो सुविधा देशभरका रेष्टुरेन्ट, क्याफे र पबले लिनेछन् ।

कोरोना भाइरस महामारीको बीचमा अर्थमन्त्री ऋषि सुनकले देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने उपायका रूपमा छुटका रूपमा ‘इट आउट टु हेल्प आउट’ (छुट दिन सहयोग गर्ने) घोषणा गरेका हुन् । यो सम्झौता अनुसार यदि मानिसहरू सोमवारदेखि बुधवारसम्म रेष्टुरेन्टमा खाए भने उनीहरूले प्रति व्यक्ति १० पाउन्ड डलर बचाउनेछन् । यद्यपि यो छुट मदिरामा लागु हुने छैन । सुनकले आतिथ्य र पर्यटनमा कर छुट गरेर २० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको बताएका छन् । यो छुट ६ महिनासम्म लागु हुनेछ ।

बेलायतमा तीन महिनापछि रेष्टुरेन्टहरु शनिबारबाट खुल्दैछन् । अर्थमन्त्रीले रेष्टुरेन्टहरुको खाना सुरक्षित हुने विश्वास व्यक्त गरेका छन् । उनले घर बाहिर जाँदा सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

अर्थमन्त्री सुनकले रेष्टुरेन्ट, क्याफे र पब खोल्नुको कारण १.८ मिलियन कामदारलाई फर्काउनु रहेको बताएका छन् । यद्यपि बेलायतमा सरकारको यो योजनाको आलोचना भइरहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया