Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

न्यूयोर्क- न्यूयोर्क शहरमा गायन पेशा अंगालेकी गायिका पविता परियारको पहिलो गिती एल्बम “तीजको सम्झना बरिलै” को बिमोचन सम्पन्न भएको छ।

अगस्ट १२ तारिख आईतवार न्यूयोर्क शहरको कुइन्स ज्याक्सन हाइट्सस्थित नोर्लिङ रेस्टुरेन्टमा नेपाल मिसनका मिनिस्टर काउन्सिर अमृत राईले गायिका परियारको उक्त गिती एल्बमको बिमोचन गर्नुभएको हो।

गायक सुमन बुढा मगरको रचना र संगित रहेको उक्त एल्बममा ए साइडमा एउटा र बि साइडमा एउटा गरी दुईवटा मीठा गीतहरुमा गायिका परियारले आफ्नो समधुर स्वर दिएकिछिन्।

उक्त एल्बमलाई कलाकीर्ति डिजिटल प्रा लि, काठमाडौं र सुमन इन्टरटेन्मेन्ट एलएलसी, युएसएले संयुक्तरुपमा बजारमा ल्याएको हो।

त्यसैगरी, ए साइडको गीतमा न्यूयोर्क शहरमा सुटिङ गरिएको भिडियो गिती एल्बम पनि उक्त एल्बमसंगै बितरण गरिएको छ।

मोक्तान डिजिटलका शम्भु मोक्तानको भिडियोग्राफी रहेको र सम्पादन रहेको उक्त एल्बममा कोरियोग्राफी बसन्त डान्स सेन्टर न्यूयोर्कका बिजयमान नकर्मीको रहेको छ।

“पोहोर सालको तीज आउँदा नेपाल जान पाईन
यसपाली त जान्छु भने झनै फुर्सद भएन

परदेशी दिदी हो आउसंगै नाँचौ बरिलै
दु:ख सुख सबले मिली बाँडौं बरिलै”

मातृभूमि नेपालदेखि टाढा प्रदेशमा रहन वाध्य भएको पिडालाई उक्त एल्बममा उजागर गर्ने प्रयास गरिएको छ। कार्यक्रममा डा. तारा निरौलाले उक्त एल्बमबारे टिप्पणी गरेका थिए। ***

तपाईको प्रतिक्रिया