Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

फ़ुकुओका – नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्षमा जापानको फुकुओका शहरमा तीज सांस्कृतिक तथा दरखाने कार्यक्रम २०१२ आयोजना हुने भएको छ । आगामी सेप्टेम्बर १४ तारिख शुक्रबारका दिन च्युओ सिमिन सेन्टर आकासाकामा आयोजना गरिएको  उक्त कार्यक्रममा जापानमा रहनु भएका सम्पूर्ण दिदिबहिनीहरुमा  हार्दिक निमन्त्रणा गरिएको छ ।

कार्यक्रमको लागि चर्चाको शिखरमा रहेका चर्चित नेपाली लोक दोहोरी जोडी पशुपति शर्मा र राधिका हमाल फुकुओका शहरमा आउने भएका छन् । फुकुओका नेपाल सोसाइटीको आयोजनामा हुन गईरहेको यस वर्षको तीज कार्यक्रमको उदेश्य जापानमा रहनुभएका नेपाली दिदिबहिनीहरुलाई एकैथलोमा भेला गराएर चाडबाडमा परिवारसंगसंगै हुन नपाएपनि बिदेशमा रहेका सबै एक परिवार भएर मनोरञ्जनको साथमा आपसी सद्भाव एवं सम्पर्कमा नवीकरण गर्दै शुभकामना आदानप्रदान गर्ने र जापानमा नेपाली नारी एकताको सन्देश दिन सकियोस भन्ने रहेको आयोजक सोसाइटीका अध्यक्ष भरतराज गौतमले बताउनुभयो । उहांले फुकुओकामा हालसम्मकै नौलो प्रस्तुती पशुपति शर्मा र राधिका हमाल बिच तीजेभाकामा दोहोरी, रोयला र अन्य तीजजन्य लोकसुसेलीहरु कार्यक्रमका आकर्षण रहने बताउनुभयो ।

साथै कार्यक्रमलाई सहयोग गर्न इच्छुक संघसंस्था ब्यवासाहिक कम्पनीहरुलाई सहयोग गरि आफ्नो व्यवसाय फराकिलो पार्नुकासाथै आपसी सद्भाव एवं सम्पर्कमा नवीकरण गर्न आयोजकले आवाहन गरेका छन ।

कार्यक्रम:  तीज संस्कृतिक तथा दरखाने कार्यक्रम-२०१२
मिति : २०१२-०९-१४ शुक्रबार
समय : १७ :०० बाट  २१:३०
स्थान : फुकुओका च्युओ सिमिन सेन्टर आकासाका
तेन्जिन स्टेशनबाट हिडेर १० मिनेट, आकासाका चिकातेचु स्टेशनबाट ५ मिनेट
आकर्षण : चर्चित नेपाली लोक दोहोरि जोडी पशुपति शर्मा, राधिका हमाल साथमा लोक दोहोरीगायिका मन्ज पौडेल र गायक पुरुषोत्तम सिग्देल

सम्पर्क
भरत गौतम :०८०-४२८०-३८४३
मोति श्रेष्ठ :०८०-५२०३-७६३१
दिपक देवकोटा :०८०-५२४७-१६१६

 

 

तपाईको प्रतिक्रिया