सतिश र शर्मिलाको भर्खर विवाह भएको थियो । हुन् त उनीहरुको अन्तरजातीय विवाह भएको हो । सतिश कर्मचारी संचय कोषमा काम गर्न धरान गएका थिए । उनले शर्मिलालाई धरान मै आफ्नो साथीको विवाहको भोजमा भेटेका थिए । सतिशले शर्मिलालाई एक नजरमा नै मन पराएर साथीको मम्मीलाई भन्न लगाएर मागी विवाह गरेका थिए ।
उनीहरुको जोडी यति मिलेको थियो कि हिरो र हिरोइनको जस्तो । देख्ने जो कोहि मान्छे पनि लोभ्भिन बाध्य हुन्थे । बिस्तारै सतिशको काम धरानबाट सकिन लाग्यो र उनीहरु सदाको लागि काठमाडौँ फिर्ता भए । शर्मिलाको मनमा भने अनेक तरहका डरहरु जन्मिन लागे । शर्मिला क्षेत्री परिवार कि थिईन् भने शतिश भने काठमाडौँका टिपिकल नेवार समुदायका । तर विवाह हुनु अघि नै शर्मिलालाई परिवारबाट अलग डेरा लिएर राख्ने बाचा गरका थिए । त्यसैअनुसार उनीहरु थापाथलीमा डेरा गरेर बस्न थाले ।
बाटोमा हिड्ने जो पनि शर्मिलालाई देखेपछि एक चोटी फर्केर नहेर्ने कोहि थिएन । सतिश आफुलाई निक्कै भाग्यमानी सम्झन्थे । तर कहिलेकाँही उनलाई ती मान्छेहरुदेखि रिस पनि उठ्थ्यो । सतिश-शर्मिलाको पहिलो सन्तानले जन्म लिए भयो । बिस्तारै शर्मिलालाई घरको काम गर्न गाह्रो हुन लाग्यो । उनले शतिशलाई घरको काममा सघाउन अनुरोध गर्न लागिन । मायाँ त सतिश उनकी श्रीमतीलाइ निक्कै गर्थे तर घरको काम काजमा भने पटक्कै नसघाउने । बिस्तारै शर्मिलाको बच्चा जन्मिने महिना लाग्यो । शर्मिलालाइ उठ्न बस्न पनि गाह्रो हुन लाग्यो ।
शर्मिला भने मन मनमा घरको सबै काममा सतिशले सहयोग गरे हुने भन्ठान्थिन तर, मुखले केहि पनि भन्न सकेकी थिईनन् र भनेकी थिईनन् पनि । नेपाली परम्परामा केटालाई घरको काम गर्न हुन्न भन्ने भान परेको थियो । एक दिन शर्मिलालाई ज्वरो आयो । सतिशले जसोतसो गरेर एक कप चिया र ब्रेड बनाएर खुवाए । दुईतीन दिन यसरी नै बित्यो । अब शर्मिलालाई अस्पताल भर्ना हुनु पर्ने भयो । तालिकाअनुसार नै सतिश र शर्मिलाको पहिलो बच्चाले जन्म लियो ।
शर्मिलालाई अवश्य पनि घरको काममा सहयोग गर्न एउटी महिला राखिएको थियो । उनीहरुको प्रेम विवाह भएकोले सतिशको परिवारसंग शर्मिला घुलमिल हुन् सकिनन् । उनी सुत्केरी बस्न बच्चा पाएको १५ दिन मै धरान जाने भईन । उनी धरान गएको केहि दिनमा सतिशको चालचलन फरक पर्दै गयो, उनलाई खाना पकाउन पटक्कै मन नलाग्ने । उनी अति निच स्वभावको रहेछन्, उनको लसपस त्यहि शर्मिलालाई सुत्केरी स्याहार्न आएकी जवान केटीसँग सुरु भएछ । त्यो केटी पनि काठमाडौँमा पढ्को आएकी रहेछन् ।
काठमाडौंको हाइफाई जीवन, साथीहरुसंग घुम्न खान जानै पर्ने । सतिशले कोहि नभएको मौका छोपी कर गर्दै म्याडम धरान गएकी छिन्, मलाई खान पकाउन आउदैन कहिले के बनाइदेऊ भन्ने कहिले लुगा धुन सघाइदेऊ भन्ने । कम सघाइदेऊ तिमीलाई अलि पैसा दिई हाल्छु नि भन्दै फकाएर काम गर्न बोलाएर बिस्तारै बिस्तारै शारीरिक सम्बन्ध समेत राख्न कर गर्न थालेछ ।
उता शर्मिला तीन महिना सुत्केरी बसेर काठमाडौँ फर्किने भईन् । वरिपरी छिमेकमा सतिशको क्यारेक्टरबारे नराम्रो कुरा चल्न थाल्यो । एक कान दुई कान गर्दै यो कुरा शर्मिलाको कानमा समेत पर्यो । तर सतिश, शर्मिलाको अगाडि यति एक्कटिङ्ग गर्ने कि, शर्मिलालाई गाउँलेको कुरा विश्वास गरौँ कि सतिशको कुरा विश्वास गरौँ, निर्णय गर्न एकदम गाह्रो पर्यो । दुइचार दिन कुरा यतिकै टल्न मात्र आँटेको थियो । त्यहि सुत्केरीलाई तेल लगाउन आएकी केटी पेट बोँके र यो बच्चा तपाईंको नै हो भन्दै रुँदै, कराउदै आइपुगीन् ।
शर्मिला त बेहोस नै हुन लागिन्, रिङ्गटा लाग्यो, के गरौँ कसो गरौँ सोच्न नै सकिनन् । रुँदा रुँदै साह्रै कमजोर बनिन् । तीन दिनपछि होस् सम्ह्लाल्दै आफ्नो मम्मीलाई फोन गरेर सबै कुरा बताइन् । उनका माइती पक्षले शर्मिलालाई लिन पठाए र शर्मिला छोरा लिएर धरान फर्किइन् । सतिश पहिला त त्यहि तेल लगाउन आएकी केकीसंगै बस्दै थिए । तर दुईचार वर्षपछि तेरो र मेरो लेवल मिल्दैन भन्ने झगडा गर्ने, पिट्ने, बच्चा कै आगाडि मुख छाड्ने गरे । त्यो केटीले पनि बस्न नसकेर सम्बन्धबिच्छेद गरिन् ।
भएको सम्पत्ति पनि दुईटी श्रीमतीले लिएर गए । अहिले बहिनी ज्वाइको घरमा डेरा लिएर बसेको छ रे । अझै कुन्नी कसलाई फकाउँदै छ रे लेवल मिलाउँन, भौतारीदैछ रे यता र उता बुढेशकालमा पनि ।