एक्कासी आयो उच्च नै ज्वरो, शरीर कापेर
एक सय चार थियो है ज्वरो, हेर्दा मै नापेर
घाँटी नि दुख्यो शरीर दुख्यो, सहिन खपन
कोडिभ १९ हो कि यो भनी, चिन्तित मपन
शंकाको भरमा अस्पताल गई, परीक्षण गरियो
तीन दिन पछि नतिजा आयो, चिन्ताले मरियो
हतारमा हतार नजिता सुने, रहेछ लागेको
त्यहाका डाक्टरहरुले मलाई, लोकेशन मागेको
चिन्ताले मलाई भुतुक्क पार्यो, मन भयो दुखित
अस्पतालबाट नर्स र गाडी, लिन आयो मकित
छिटो गर्नु भन्दै लग्यो मलाई , नर्सको गाडीमा
सपना मेरा चक्नाचुर नै भए, बगायो बाढीमा
बसेको घर सिल नै गर्यो, संगै नै टोल छिमेक
त्यो टोललाई पुलिसदेखि, अरुको रेखदेख
घरका सबै जहानलाई, परीक्षण गरियो
कोरोना भको परिवार भित्र, म मात्र परियो
मेरो नै कामले मलाई अहिले, कोरोना लागेको
पछुतो लाग्छ अहिले मलाई , घर बाहिर भागेको
न जहान आउँछन भेट्न मलाई, न भेट्न साथिनै
अमनले मलाइ पट्कै पार्यो, दिन अनि रातिनै
जहान अनि दौतरीसँग रमाई, बसेको
बिना काममा बाहिर जादा, यो रोगमा फसेको
मरेमा अब लास मेरो हेर्न पाइदैन कहिल्यै
घर बाहिर नजाऔं बिना काम, सचेत हो पहिल्यै
चौध दिन सम्म एक्लै हो बसाइ, एक्लै हो सुतिने
आउँने छु घर कोरोना भाईरस, भाग्यले उथिने
घर आउँन पाउछु तीन पटक सम्म, कोरोना नभए
के चाहिने होला त्यो धन र दौलत, म आफै नरहे
बिन्ति छ साथि बिन्ति छ संगि, घर बाहिर नजाऔं
शंकटको बेला बाहिरका मान्छे, आफ्नो घर नल्याऔं
सकिन्छ भने मासु र माछा खान पिनमा नखाऊ
नधोई हात नधोई खाना मुख सम्म नलाऊ
यो रोगलाई जित्न लागौ है सारा, विश्व नै एकजुट
न बालक भन्छ न बृद्ध भन्द, छैन है केही छुट
साबुन पानी लगाई हात मुख, धुई रहौ घरबाटै
साथी भेट्दा नमस्कार गरौ, एक मिटर परबाटै
छिटोमा छिटो सरकार तिमि, सामग्री ल्याईदेऊ
तीन करोड जनता पीसीआर गरी, छिटो नै भ्याईदेऊ
भोकै छन् जनता विदेशमा धेरै, नेपालमै बोलाऊ
हरेक गाउमा एक एक राम्रो क्वारेन्टाइन खोलाऊ