काठमाडाैं – आजको समय प्रविधिको हो । मानिसहरु पत्रिकामा धेरै वेर घोत्लिन्छन् । अहिले मोबाइल, कम्प्युटर र इन्टरनेटका कारण मानिसले पढ्ने बानी घटाउँदै लगेको छ । इन्टरनेटभित्रका राम्रा सामग्री पढ्नुभन्दा पनि सामाजिक सञ्जालमा दिन बिताउने कुलत बढदै गएको छ । यूटुबमा निरर्थक भिडियो हेरेर समय र जीवन व्यर्थ खेर फाल्ने लाखौ होइन करोडौं छन् । काम नलाग्ने प्रसँगमा हामी जीवनको अमुल्य समय अल्झाइरहेका छौं ।
हामीले पढ्न नै बिर्सिएका छौं । हेक्का रहोस्, पुस्तक पढ्नु जीवनमा खाना जत्तिकै महत्वपूर्ण छ । पठनले हाम्रो सोचाइ र चिन्तनलाई फराकिलो बनाउँछ ।
अनुसन्धानकर्ता तथा विशेषज्ञहरुका अनुसार, नियमित किताब पढ्नाले दिमाग सधैं सक्रिय रहन्छ, निर्णय गर्ने क्षमता बढ्छ, सकारात्मक सोचमा वृद्धि हुन्छ । यसले गर्दा ऊ मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त हुन सक्छ ।
अध्ययन, चिन्तन र ध्यान मानिसका लागि महत्वपूर्ण पक्ष हो । तपाईंले जति पनि सम्पन्न मानिस देख्नु भएको छ, उनीहरु पढछन् । सफल मानिसको सफलताको रहस्य नै अध्ययन हो ।
जो पछि परिरहेका हुन्छन्, उनीहरु पछि पर्नुको कारण अध्ययनको कमी हो । क्षमता त होला, तर अध्ययन भएन । अध्ययन नहुनुको कारण चाहिँ उही फालतु विषयमा अल्झीनु नै हो ।
यसको सबैभन्दा राम्रो उदाहरण हुन्, सफ्टवेयर किङ विल गेट्स । उनी सुत्नुअघि जहिल्यै अध्ययन गर्छन् । उनको विचारमा नेटमा सामान्य सूचना मात्र पाइन्छ । गम्भीर ज्ञानका लागि पुस्तक नै पढ्नुपर्छ । विल गेट्स मात्रै होइन, चर्चित बिलेनियर वारेन बाफेट पनि दैनिक ४ घन्टा पढ्छन् ।
उनीहरुले नै इन्टरनेट पत्ता लगाए । त्यसमा महत्वपूर्ण कुरा राखेे । तर उनीहरु भने पुस्तक अध्ययन गर्छन् । इन्टरनेट चलाए पनि उनीहरु त्यसबाट पुस्तक डाउनलोड गरेर ट्याब वा किन्डलमा पुस्तक नै पढ्छन् ।
यहि अवस्था आइफोनका निर्माता स्टिभ जब्सको पनि थियो । उनी पनि निरन्तर अध्ययन गर्दथे ।
इन्टरनेटमा हाम्रो जिवनका लागि उपयोगी सामाग्री नहुने हैन, तर आमा मानिसको रुची अनुत्पादक सामाग्रीतर्फ बढदैछ । यो बाढिको रुपमा हाम्रो मन-मस्तिष्कमा पसेको छ ।