Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

कबिता ! ए मेरी कबिता रानी !
आइ देऊ न सँधै मैले बोलाउँदा बनि धेरै ज्ञानी
नमान न झन्झट, नजाउ मात्तिएर यताउति जानीजानी
नगर न घरिघरि आफ्नै मात्र मनोमानी !

कबिता ! ए मेरी कबिता रानी
आउनुपर्छ नि मैले बोलाउँदा बनि चट्ट ज्ञानी
बनिदेऊ न सँधै कबिता
होइन नि कहिलेकाँही कहानी
नगर न सँधै आफ्नो मात्र मनोमानी !

कबिता ! ए मेरी कबिता रानी
आउन त आउँछ्यौं तर गर्छ्यौ  धेरै मनोमानी
कहिलेकाँही त बनिदेऊ न उराठ मनहरु कि सयानी
यसैगरी कहाँ चल्दछ र तिम्रो  मात्र राज रानी !

कबिता ! ए मेरी कबिता रानी
आइदेऊ न है जहिले पनि बोलाउँदा धेरै मान-सम्मान जानी
आइदेऊ न है मैले बोलाउँदा बनि धेरै ज्ञानी
कबिता ! ए मेरी कबिता रानी !

टोकियो, जापान

तपाईको प्रतिक्रिया