Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – वायु प्रदूषणका कारण भारतको राजधानी दिल्लीमा स्वास्थ्य संकटकालको घोषणा गरिएको छ । वायु प्रदूषणका कारण विषाक्त हावा फैलिएपछि दिल्लीमा सार्वजनिक स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको बीबीसीहिन्दीले जनाएको छ ।

वायु प्रदूषणका कारण निम्तनसक्ने खतरा मध्यनजर गर्दै दिल्लीका अधिकारीहरुले त्यहाँका विभिन्न विद्यालयहरूमा ५० लाखवटा मास्क वितरण गर्न लागेका छन् । दिल्लीमा तीन दिनका लागि सबैखाले निर्माणकार्य बन्द गर्न निर्देशन दिइएको छ भने मङ्गलवारसम्म सबै विद्यालयहरू बन्द रहने छन् ।

दिल्लीको हावामा विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित अधिकतम तहभन्दा २० गुणा बढी हानिकारक तत्त्वहरू पाइएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ‘ग्यास च्याम्बर’ मा परिणत भएको बताएका छन् । वितरित मास्क यथासम्भव प्रयोग गर्न केजरीवालले आग्रह गरेका छन् ।

अहिले भारतको राजधानीलाई बाक्लो तुँवालोले ढाकेको छ । मानिसहरूले त्यसको तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्दै आक्रोश व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया