Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – काठमाडौंको धुम्बाराहीमा निर्माणाधिन धुम्बाराही लायन बृद्धाश्रमलाई एनआरएन कान्साइ जापान आर्थिक सहयोग गरेको छ । गरिब तथा असहायको लागी निर्माण भइरहेको बृद्धाश्रमलाई एनआरएन कान्साइ २ लाख ११ हजार रुपैया सहयोग गरेको हो ।

लायन्स क्लब अफ धुम्बाराहीले एनआरएनएको नवनिर्वाचित पदाधिकारीहरुको सम्मानार्थ राखेको कार्यक्रममा उक्त सहयोग रकम एनआरएन कान्साइका संयोजक कृष्ण गैरे, कान्साइ ओसाकाबाट प्रतिनिधित्व गर्ने आइसिसि सदस्य तुल्सीराम खरेल, निवर्तमान केन्द्रीय सल्लाहकार नरेन्द्र बस्नेत, केन्द्रिय सदस्य महेश कटवाल, समाजसेवी राजु गैरे लगायतको रोहबरमा लायन्स अगूवा प्रमुख धनराज भडेल र उहाँको टिमलाई हस्तान्तरण गरिएको थियो ।लायन्स तथा निवर्तमान आइसिसि सदस्य टंक गैरे, लायन्स तथा एसिया प्यासिफिक नवनिर्वाचित संयोजक गोबिन्द श्रेष्ठ, एनआरएनए उपाध्यक्ष मन केसी लगायत विभिन्न देशका नवनिर्वाचित पदाधिकारीहरुको कार्यक्रममा उपस्थिती रहेको थियो । एनआरएन कान्साइको सहयोगमा थप सहयोग गर्दै कान्साइ ओसाकाबाट प्रतिनिधित्व गर्ने आइसिसि सदस्य तुल्सीराम खरेलले १ लाख १ हजार सहयोगको घोषणा गर्नुभएको थियो ।

कान्साइबासी नेपालीहरुको पसिना कमाइबाट जोगाउदै संकलन गरिएको सहयोग रकमको उचित सदूपयोग गर्दै निर्धारित समयभित्रै बृद्धाश्रम सम्पन्न गर्न एनआरएन कान्साइका सम्योजक कृष्ण गैरेले आग्रह गरे । साथै उनले यस अभियानमा साथ र सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया