Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ । यसकारण ब्यूटी एक्सपर्टस, केही चीजहरू छालामा प्रयोग नगर्न सल्लाह दिने गर्दछन्, जसमा यस्ता ६ किसिमको चीजहरूको बारेमा चर्चा गरिएको छ । यसले छालामा नकारात्मक असर पुर्याउँछ । चिसो मौसममा पटक–पटक यी चीजहरू छालामा लगाउनाले कम्प्लेक्शन डार्क हुन्छ ।

–फ्राइड फूड कम खानुहोस् । यसमा पाईने ट्रान्स फैट्सको अधिक मात्राले कालोपन बढ्छ ।

–चिया वा कफी सेवन गर्नुहुँदैन । यसमा कैफिनको मात्रा अधिक हुन्छ । यसले कम्प्लेक्शन डार्क हुन्छ ।

-आफ्नो आहारमा नून कम सेवन गर्नुपर्दछ । यसले छालाको सेल्स खुम्चिन थाल्छ र कालोपन बढ्छ ।

–गुलियो चीज कम खानुपर्दछ । बढी चीनी खाँदा छालाको चमक कम हुन्छ र रंग कालो हुन्छ । छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीजः

१.कागती

यसमा पाईने साइट्रीक एसिडले अनुहारको चमक कम हुन्छ । जसले छालाको कालोपन बढाउँछ ।

२.सिरका

भिनेगरमा एसिड हुन्छ । यसलाई पानीमा नमिलाएर अनुहारमा सिधै लगाउँदा छालाको ओयल कम हुन्छ र कालोपन बढ्छ ।

३.बियर

बियरको एसिडिक नेचरले छाला सुख्खा हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्नाले छालाको चमक कम हुनथाल्छ ।

४.बेकिंग सोडा

यसमा पाईने अल्केलाइड्सले छालाको एज् लेभल सन्तुलित रहँदैन । यसले छालामा दाग९धब्बा बन्छ र चमक कम हुन्छ ।

५.पुदिना

यसमा मेन्थोल हुन्छ । यसले अनुहारको नरमपन कम गर्छ र कालोपन बढ्छ ।

६.सुन्तला

सुन्तला र यसको बोक्रामा साइट्रीक एसिड हुन्छ । यसले छालाको रंग कालो हुन्छ ।

तपाईको प्रतिक्रिया