Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – संसारका करोडौं केटाकेटी कमसल खानाबाट प्रभावित भइरहेको युनिसेफले जनाएको छ । र, यो अवस्था ज्यादै चिन्ताजनक भएको युनिसेफले बालबालिका, खाना र पोषणबारे मंगलबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

विश्व बालबालिकाको अवस्था- २०१९ले पाँच वर्षमुनिका तीनमध्ये कम्तीमा एक बच्चा कम वा अधिक पोषणको शिकार भएको जनाएको छ । अर्थात् २० करोडभन्दा धेरै केटाकेटी । यस्तै ६ महिनादेखि दुई वर्ष उमेरका तीनमध्ये झन्डै दुई केटाकेटीको शारीरिक-मानसिक विकासका लागि चाहिने खाना खुवाइएको छैन । यसले उनीहरूको विकास, सिकाइ, प्रतिरक्षा प्रणालीमा नकारात्मक प्रभाव पार्ने, संक्रमण बढ्ने र कतिपय अवस्थामा मृत्यु समेत हुने जोखिम छ ।

नेपाल पनि संसारको यो अवस्थाबाट धेरै पर छैन। नेपालका पाँच वर्षमुनिका ४३ प्रतिशत केटाकेटी पुड्का, ख्याउटे वा मोटा छन् । त्यसैगरी ६ महिनादेखि दुई वर्षसम्मका करिब ४५ प्रतिशतले मात्र आठ खालका खाना समूहमध्ये कम्तीमा पाँच समूहको खाना खाइरहेका छन् । यो उमेर समूहका अधिकांश बालबालिकाले अन्न र गेडागुडी खाने गरेका छन् भने अण्डा वा माछामासु खानेको संख्या एक तिहाइ मात्र छ ।

‘पछिल्ला केही दशकमा प्राविधिक, सांस्कृतिक र सामाजिक विकासका बाबजुद हामीले सबभन्दा आधारभूत तथ्यमा ध्यान दिन बिर्सेका छौं । यदि केटाकेटीले कमसल खाना खान्छन् भने उनीहरूको जीवन पनि त्यस्तै हुन्छ,’ युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भनिन् । उनका अनुसार करोडौं बालबालिकासँग राम्रो खानाको छनोट नभएकाले अस्वस्थ खानामा बाँचिरहेका छन् । कुपोषण भनेको बालबालिकाले पर्याप्त मात्रामा खान पाउने मात्र होइन, सही खाना खाने पनि हो ।

युनिसेफको प्रतिवेदनअनुसार अहिले पाँच वर्ष मुनिकाहरूमा कम पोषण, नदेखिने भोकमरी र मोटोपना मुख्य समस्या हो । नेपालका ११ लाख केटाकेटी पुड्का र दुई लाख ९० हजार दुब्ला भएको प्रतिवेदनले देखाएको छ । त्यस्तै १३ लाख केटाकेटीमा भिटामिन ए र आइरनजस्ता आवश्यक पोषकतत्व कमी छ र करिब ३६ हजार मोटा छन् । प्रतिवेदनले बालबालिकाको जीवनको सुरूआती दिनबाटै कमसल खानाको अभ्यास हुने र यसले जोखिम निम्त्याएको चेतावनी दिएको छ । स्तनपानले जीवन जोगाउन सक्ने भए पनि नेपालका ६६ प्रतिशत बच्चालाई मात्र पूर्ण स्तनपान गराइने र नवजात शिशुलाई फर्मुला खुवाउने चलन बढ्दै गएको छ ।

६ महिनामा नरम ठोस खानेकुरा खुवाउन थाले पनि गलत छनौट भइरहेको छ । ३८ प्रतिशतले ६ महिनादेखि दुई वर्षसम्म फलफुल-तरकारी खान पाउँदैनन् । अण्डा, माछामासु त झन् एकदमै थोरैले मात्र पाउने प्रतिवेदनले देखाएको छ । सहरसँगै ग्रामिण क्षेत्रमा पनि तयारी खानेकुरा, अत्यधिक गुलिया पेयपदार्थ र प्रशोधित खानेकुराको खपत बढिरहेको छ। न्यून र मध्यम आय भएका देशका स्कुले किशोरकिशोरीमध्ये ४२ प्रतिशतले दिनमा कम्तीमा एकपटक प्रशोधित गुलियो पेय पदार्थ पिउने तथ्यांक छ। ४६ प्रतिशतले सातामा कम्तीमा एकपटक तयारी खानेकुरा खान्छन् । उच्च आय भएका देशका किशोरकिशोरीमा यो संख्या क्रमशः ६२ प्रतिशत र ४९ प्रतिशत छ ।

यसले गर्दा संसारभरकै बालबालिका र किशोरकिशोरीे (५ देखि १९ वर्ष) मा मोटोपन बढिरहेको छ । नेपालका यो उमेर समूहका १३ मध्ये १ जनामा मोटोपन छ। प्रतिवेदनका अनुसार, सबै खालका कुपोषणको सबैभन्दा ठूलो भार गरिब र सीमान्तकृत समुदायमा छ । सबै खालका कुपोषणको बढ्दो संकट सम्बोधन गर्न युनिसेफले सरकार, निजी क्षेत्र, दातृ निकाय, अभिभावक, परिवार र व्यापारिक समुदायलाई केही उपाय सुझाएको छ ।

-पोषण शिक्षा सुधार गर्ने र कानुन प्रयोग गरी परिवार, बालबालिका र किशोरकिशोरीलाई पोषिलो खानाको माग गर्न सशक्त बनाउने ।
-स्वस्थ, उपयुक्त र पहुँच गर्न सकिने खाना प्रोत्साहन गर्दै उत्पादक र आपूर्तिकर्तालाई बालबालिकाको हितमा काम गर्न लगाउने ।
-सही र बुझ्न सजिलो हुने लेबल प्रयोग गर्ने र अस्वस्थकर खानेकुराको बजारीकरणमा कडा नियन्त्रण गर्ने ।

‘हामीले स्वस्थ खानेकुराको लडाइँको धरातल गुमाउँदैछौं,’ युनिसेफका कार्यकारी फोरले भनिन्, ‘यो हामीले मात्र जित्न सक्ने लडाइँ होइन । अस्वस्थ खानाको मूल कारण सम्बोधन गर्न सरकार, निजी क्षेत्र र नागरिक समुदायले बालपोषणलाई प्राथमिकतामा राखेर सहकार्य गर्न जरूरी छ ।’

तपाईको प्रतिक्रिया