Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङको दुइदिने नेपाल भ्रमणका बेला १ करोड रुपैयाँको फूलको व्यापार भएको छ । सी नेपाल आउने भनिएसँगै एयरपोर्टदेखि होटल सोल्टीसम्मका सडक सिंगारिएको थियो । त्यसक्रममा सडकका दायाँबायाँ फूलका गमला राखिएको थियो भने फूलहरुसमेत रोपिएको थियो ।

सीको आवगमनका लागि सजाइएका फूल, भेटवार्ताका क्रममा राखिएको फूलहरु, सम्झौता तथा हस्ताक्षर र सम्मेलनमा प्रयोग भएका फूल गरी १ करोड रुपैयाँ फूलमा खर्च भएको पाइएको छ । काठमाडौं महानगरपालिकाले सीको स्वागतका लागि तीनकुनेमा बगैँचा बनाएको थियो । सो बगैँचामा सजाउनका लागि २६ लाख र एयरपोर्टदेखि सोल्टी होटलसम्मको सडकलाई फूलले सजाउन ५० लाख रुपैयाँ खर्च भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

त्यससँगै पाहुनाको स्वागतका लागि पनि फूल धेरै विक्रि भएको एशोसिएसनका अध्यक्ष कुमार कसजुले बताए । तर, सडकमा राखिएको फूल, गमला भने सडकबाट हटाइएको छ ।

तपाईको प्रतिक्रिया