Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सुरु गरिएको काठमाडौंका मुख्य सडकको मर्मतकार्य निरन्तर चल्ने भएको छ । सडक मर्मतका लागि मात्रै चालू आर्थिक वर्षमा एक अर्ब रुपैयाँ विनियोजन गरिएकाले मर्मतकार्य निरन्तर चल्ने सडक विभागले जनाएको छ । एक अर्बमा काठमाडौंका ६० किमिभन्दा धेरै सडक मर्मत हुनेछन् । निर्माणाधीन सडकको हकमा भने सो रकम खर्च हुनेछैन ।

विभागका प्रवक्ता शिवहरि सापकोटाले राजधानीका सडक कालोपत्रे गरिनुमा चिनियाँ राष्ट्रपतिको भ्रमण संयोग मात्रै बन्न पुगेको बताए । मनसुन ढिलासम्म रहेकाले सडक मर्मतमा समय लागेको उनको तर्क छ । ‘वर्षा सकिएपछि र वर्षा सुरु हुनुअघि सडकको मर्मतसम्भार गरिनु नियमित कार्य हो । यो विगतका वर्षमा पनि हुन्थ्यो । यसपटक अलि धेरै बजेट विनियोजन भएको छ । त्यसकारण सडक मर्मतको काम देशभर नै हुनेछ ।’ उनले भने ‘सडक मर्मत हुनु र चिनियाँ राष्ट्रपतिको भ्रमण हुनु संयोग मात्रै हो । यसपटक मनसुन ढिलासम्म रह्यो । पानी परेका वेला सडक कालोपत्रे गर्ने कुरो भएन । पानी रहेपछि नै कालोपत्रे गरिने हो । पानी रोकिनु र चिनियाँ राष्ट्रपतिको भ्रमण हुनु एउटै समय पर्‍यो । उहाँको भ्रमण नभए पनि यहाँका सडक कालोपत्रे हुन्थे ।’

विभागका अनुसार दसैँको टीकाअघि काठमाडौं उपत्यकाभित्रका मुख्य सडकको मर्मत लगभग सकिएको छ । अब बाँकी सडकको मर्मतकार्य तीव्र बनाइनेछ ।

 

तपाईको प्रतिक्रिया