Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइसिसी यू–१९ टी–२० महिला विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ। ५३ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले १३.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो।

बंगलादेशको जितमा मध्यक्रमकी ब्याटर सदिया इस्लामले सर्वाधिक १६ रन बनाउँदा कप्तान सुमिया अख्तरले १२ रन बनाइन्। नेपालको बलिङले शुरुवातमा बंगलादेशलाई दबाबमा राख्दै विकेट लिने प्रयास गरे पनि कमजोर लक्ष्य नै पराजयको मुख्य कारण बन्यो। नेपालका लागि रचना चौधरी, रिया शर्मा, सिमना केसी र पुजा महतोले समान १–१ विकेट लिए।

यसअघि टस गुमाई ब्याटिङ थालेको नेपाल १८.२ ओभरमा मात्र ५२ रन बनाउँदै अलआउट भयो। कमजोर प्रदर्शनका कारण नेपालका पाँच खेलाडी रनआउट भए भने केवल साना प्रभिन (१९ रन) र सिमना केसी (१० रन) ले मात्र दोहोरो अंकको स्कोर बनाए। बंगलादेशका बलरहरूमध्ये जनतुल्लाह मौवाले २ विकेट लिए भने अनिसा अख्तर सोब, फअमिदा चोया र निसता अख्तरले समान १–१ विकेट लिए।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया