Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

काठमाडौं – विद्यालय, अदालत र मिडिया तीनै क्षेत्रमा नेपाली भाषामा एकरुपता ल्याइने भएको छ । नेपाली भाषाको प्रयोगमा विविधता आएको भन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित दशौं संस्करण ‘नेपाली बृहत् शब्दकोश’ अनुसार सबै क्षेत्रमा भाषामा एकरुपता ल्याउन लागिएको हो ।

भाषामा एकरुपता ल्याउने विषयमा प्रतिष्ठानले सबै क्षेत्रमा गोष्ठी तथा छलफल अघि बढाइरहेको प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले बताउनुभयो । ‘राष्ट्रिय परीक्षा बोर्डले पनि आफ्ना मातहतका सबै तहमा परिपत्र पठाइसकेको छ’, – उहाँले भन्नुभयो । नयाँ प्रकाशन हुने नेपाली पाठ्यपुस्तक शब्दकोशको वर्णविन्यासानुसार तयार गरिने बताइएको छ । उहाँ थप्नुहुन्छ, ‘नेपाली विषय पढाइ हुने सबै निजी र सरकारी विद्यालयका पाठ्यपुस्तकमा नेपाली भाषामा एकरुपता ल्याइन्छ ।’

शैक्षिक क्षेत्रमा एकरुपता ल्याउन शिक्षा मन्त्रालयले परिपत्र जारी गरिसकेको छ।***

तपाईको प्रतिक्रिया