Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025
काठमाडौं- गणतन्त्र कार्यान्वयनपछि पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार पहिलोपटक युरोप गएका छन् । उनी सोमबार अपराह्न कतार एयरको नियमित विमानबाट कतारको राजधानी दोहा पुगेका छन् । उनी एकदिन दोहा बस्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी फ्रान्सको राजधानी पेरिस जाँदै छन् ।
शाह यसअघि चारपटक भारत गए पनि भारतबाहेक अर्को मुलुकमा भने गएका थिएनन् । पूर्वरानी कोमल भने गतवर्षको मंसिरमा छोरी प्रेरणाका साथ सिंगापुर गएकी थिइन् । पूर्वराजासँगै पूर्वरानी कोमल, छोरी प्रेरणा, पूर्वयुवराज्ञी हिमानी, हिमानीका दुई छोरी र एक छोरा तथा धीरेन्द्र तीन छोरीहरू दिलासा, सिताष्मा र पूजा पनि  युरोप गएका छन् ।
यसैगरी, पूर्वराजाका एकजना निजी चिकित्सक, स्वकीय सचिव सागर तिमिल्सिना र पूर्वराजा र पूर्वरानीका अंगरक्षक पनि भ्रमणमा रहेका छन् । फ्रान्स भ्रमणका क्रममा उनी बेलायत र जर्मनीमा पनि जाने भएका छन् ।
पूर्वराजाले फ्रान्समा भारतीय र फ्रान्सका अधिकारीसँग भेट्ने कार्यक्रम रहेको छ । यसैगरी, बेलायतमा पूर्वरानीको स्वास्थ्य परीक्षण हुने भएको छ । दरबार हत्याकाण्डमा पूर्वरानीको शरीरमा लागेको छर्राका केही अंश अझै निकालिएको छैन । यसैगरी, पूर्वरानीको बायाँ कानमा समस्या रहेको छ ।
हिमानी ट्रस्टको कार्यक्रममा पूर्वराजपरिवार फ्रान्सतर्फ लागेको हो । त्यहाँ हिमानी ट्रस्टले एउटा कार्यक्रम राख्ने भएको छ । पूर्वराजा हिमानी ट्रस्टका संरक्षक हुन् भने दिलासा, पूजा र सिताष्मा हिमानी ट्रस्टका सदस्य हुन् ।
पूर्वराजपरिवार फ्रान्स गएपछि निर्मल निवास पूर्णरूपमा खाली भएको छ । पूर्वयुवराज भने बैंककमा बस्दै आएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया