Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
दुबई (युएई)– नेपालमा बदलिदो राजनीति परिवेसलाई समेट्दै संघीयताको बारेमा चर्चा गर्नको लागि युएईमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा समाजसेवी, बुद्धिजीवि, व्यावसायी तथा विभिन्न संघ संस्थाहरुका बीचमा अन्तरक्रिया तथा अमेरिकाको वेस्टर्न मिचिगन युनिभर्सिटीका प्रोफेसर महेन्द्र लावतीलाई सम्मान गरियो । दुबईको एभरेष्ट होटलमा नेपाल आदिवासी जनजाति महासंघ युएईको आयोजनामा सम्पन्न भएको हो ।
नेपाली राजदूतावासका राजदूत धनञ्जय झा प्रमुख अतिथिमा, अमेरिकाको वेस्टर्न मिचिगन युनिभर्सिटीका प्रोफेसर महेन्द्र लावती बिशेष अतिथि र नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष गिरमान थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संयोजक महेश मोक्तानले गर्नुभएको थियो ।
मन्तव्यको क्रममा विभिन्न वक्ताहरुले नेपालमा आएको राजनीतिक परिवर्तन र संघीयतालाई प्रमुख बिषय बनाएका थिए । नेपाल जस्तो सानो र गरिब मुलुकमा संघीयतालाई जातीयताको आधारमा ल्याउँदा विखण्डन ल्याउने सबैको भनाई थियो ।
अन्य राष्ट्रहरुको तुलनामा नेपाल जस्तो गरिब देशमा जातीय संघीयता सफल नहुने उनीहरुले बताए । आफ्नो मन्तव्य राख्नेहरुमा रमेश गिरी, चित्रबहादुर केसी, एल एन सुवेदी, छत्र लामा, डीयल शर्मा, यमलाल पंगेनी, गिरमान थापा, डीआर गुरुङ, राजदूत धनञ्जय झा र प्रोफेसर महेन्द्र लावती रहेका थिए ।
सो अवसरमा दुबईस्थित कार्यरत गजलकार पवन घर्ती मगरद्वारा लेखिएको गजल संग्रह “रहरै भो” र नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो प्रकाशन “स्मारिका” को राजदूत झा र विभिन्न अतिथिहरुले विमोचन गरेका थिए ।
किराँत याक्थुम चूम्लुङ युएईका अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका सल्लाहकार पि एस लिम्बुद्धारा सम्पादन गरेको “स्मारिका” पत्रिकालाई सहयोग गर्ने व्यक्ति, संघ संस्था र व्यावसायीहरुलाई पि एस लिम्बुले धन्यबाद दिनु दिए ।
विगतदेखि अमेरिकाको वेस्टर्न मिचिगन युनिभर्सिटीका प्रोफेसरको रुपमा कार्यरत महेन्द्र लावतीलाई उहाँले आदिवासी जनजातिहरुको लागि दिएको योगदानलाई कदर गर्दै राजदूत झा र अध्यक्ष थापाले संयुक्त रुपमा सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।
त्यस्तैगरी तमु समाज युएई, किरांत याक्थुम चूम्लुङ युएई र अन्य विभिन्न संस्थाहरुले पनि सम्मान–पत्र र खादा ओढाएर सम्मानित गरेका थिए ।
तपाईको प्रतिक्रिया