Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024
काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेले सेना समयोजनका विषयमा साझा धारणा बनाएर जाने भएका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको दुई दलको बैठकले माओवादीसँग छलफल गर्दा एउटै धारण बनाउने निर्णय गरेका हुन् ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौंलाका अनुसार दुबै दलले पाँच हजार लडाकु समायोजन र तीन देखि ६ लाख रुपैया पुनर्स्थापना प्याकज दिनुपर्नेमा सहमत भएका  छन् । एमाले नेता भिम रावलले अब कांग्रेस र एमाले सेना समायोजनका विषयमा एउटै धारणा बनाएर जाने बताउनुभयो । कांग्रेस महामन्त्री सिटौलाले सोमबारसम्ममा माओवादीसँग बसेर समायोजनमा जाने लडाकुको विषयमा सहमति जुटाउने बताउनुभयो । दुबै दलले शान्ति प्रकृया टुंगिए संविधानसभाको म्याद थपको वातावरण पनि बन्ने बताएका छन् ।
तर एकीकृत नेकपा माओवादीले कम्तिमा सात हजार लडाकु समायोजन गर्न र पुनर्स्थापनामा जाने लडाकुलाई ६ देखि नौ लाख रुपैँया दिनुपर्ने अडान राख्दै आएको छ ।
तपाईको प्रतिक्रिया