Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

सनफ्रान्सिस्को – अमेरिकाको क्यालिफोर्निया राज्यस्थित बे–एरियामा कार्यरत तीन सञ्चारकर्मी सोमबार सम्मानित भएका छन् ।

लाइन क्लब अफ बर्कीले सम्मान गरेका तीन सञ्चारकर्मीहरुमा अनिल पाण्डे, ध्रुव थापा र धनन्जय नरसिंह रहनुभएको छ ।

लाइन क्लब अफ बर्कीले आफ्नो सातौं वार्षिकोत्सवका उपलक्ष्यमा मदरल्याण्ड नेपालका अध्यक्ष पाण्डेलाई यु ट्युव अनलाइन च्यानेल, जनपुकारका नरसिंह र हाम्रो समाज नेटका थापालाई नेपाली समुदायको प्रतिष्ठा बढाउने गरी सञ्चारमाध्यमको परिचालन गरेको भन्दै सम्मान गरिएको हो ।

बे–एरियामा रहेका नेपालीका करिब ३० संस्थाले गरेका गतिविधि विश्वसामु पुरयाउने कार्यमा यी तीन सञ्चारकर्मीको योगदान उल्लेख्य रहेको वक्ताहरुको धारणा थियो ।

लाइन्स क्लब ऑफ़ बर्कली को ७ औ instillation प्रोग्राम मा चीनी काजी श्रेष्ठको अगुवाईमा सम्पन्न भ्येको थियो भेने उहांले भावी अध्यक्ष श्रीमती लक्ष्मी चौधरीलाई बधाई समेत दिनुभएकोथियो । ***

तपाईको प्रतिक्रिया