Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

लण्डन । नेपलीज बिजनेश एशोसियसन (एनबिए) युकेले बेलायतमा रहेका नेपाली व्यवसायीहरुलाई प्रोत्साहन गर्न विभिन्न विधामा अवार्डहरु वितरण गरेको छ। बेलायतस्थित नेपालीहरुले सञ्चालनमा ल्याएका व्यवसाय तथा अन्य सामाजिक क्षेत्रहरुलाई समेट्दै अवार्डहरु वितरण गरिएको थियो।

आइतबार इल्थामस्थित याक एण्ड यति रेष्टुरेण्टमा आयोजिक एक विशेष कार्यक्रममा बेष्ट मिडिया अफ दी इयरमा श्रब्यदृष्य माध्यमतर्फ नेपाली टिभि, पत्रिका तर्फ युरोपको नेपाली पत्र र अनलाइन तर्फको अवार्ड नेपालब्रिटेन डट कम (www.nepalbritain.com) ले प्राप्त गरेका छन।

यस्तै खुद्रा व्यापारमा फाइन वे क्यास एण्ड क्यारी, वेष्ट सुपर मार्केट अफ दी इयरमा मसला मार्ट र शैक्षिक क्षेत्रतर्फको अवार्ड हाइली ट्रष्टेड साउथ लण्डन कलेजललाई प्रदान गरिएको थियो।

एनबिए युकेका अध्यक्ष नरेन्द्र कंडेलको सभापतित्वमा भएको कार्यक्रममा अनलाइन व्यवसायमा निकै अगाडि रहेका सुदीप गौतम, बर्षको चर्चित व्यक्तित्वमा प्रा. डा. सुर्यप्रसाद सुवेदी, बेष्ट रेष्टुरेण्ट अफ दी इयरमा फार्नबरोस्थित गोर्खा प्यालेस, टेक वे अफ दी इयरमा होली काउ, सेफ अफ दी इयरमा कृष्ण तिम्सीना, रेमिट्यान्स कम्पनीमा कान्तिपुर सर्भिसेज लिमिटेड, ट्राभल एजेण्टमा रेक्स एअर र विमला थापा उत्कृष्ट महिला व्यवसायी घोषित भए।

त्यस्तै पत्रकार नविन पोखरेल, समाजसेवीद्धय ध्रुव केसी र हरीसिंह थापा, कानुनविद् दिपक भट्टराई र लेखापरिक्षक लेखनाथ पाण्डे लाइफ टाइम एचिभमेण्ट अवार्डबाट सम्मानित भए। यसैगरी सेफहरु लिलाराम सापकोटा, लक्ष्मी नारायण अर्याल फाइनलिष्ट सेफ एवं याक एण्ड यति रेष्टुरेष्ट फाइनलिस्ट रेष्टुरेण्ट बन्न सफल भएका थिए।

अवार्ड वितरण समारोहमा सांसद वीरेन्द्र शर्मा, एनआरएन युकेका अध्यक्ष कुल आचार्य, एनबिए युकेका अध्यक्ष नरेन्द्र कंडेल, एवं कानुनविद् राजु थापा सहभागि भएका थिए।

समारोहलाई उदघाटन गर्दै सांसद शर्माले एनबिए युकेले व्यवसायीहरुलाई गरेको प्रोत्साहनबाट आफु प्रभावित भएको बताए। नेपाली समुदायसंग काम गर्न इच्छुक रहेको बताउंदै सांसद शर्माले अर्को बर्षको अवार्ड वितरण समारोह सांसद भवनमा प्रबन्ध गर्न आफुले सक्दो सहयोग गर्ने बचन दिए।

एनआरएन युकेका अध्यक्ष कुल आचार्यले बेलायतमा रहेका पहिलो पुस्ताका नेपालीहरु व्यवसायमा सफल बन्दै गएको बताए। नेपाली व्यवसायीहरुको उत्थान र विकास गर्न एनआरएन युके तयार रहेको बताउंदै उनले एनबिए युकेले गरेका कामहरुको सह्राना गरेका थिए।

सो अवसरमा प्राध्यापक डा. सुर्यप्रसाद सुवेदीले संगठित रुपमा नेपालीहरु काम गर्न अग्रसर हुनुपर्नेमा जोड दिए। उनले पहिलो पुस्ताका नेपालीहरु पनि बेलायतमा दरिलो संगजम्न लागेकोप्रति खुशी व्यक्त गरेका थिए।

कार्यक्रममा एनबिए युकेका अध्यक्ष नरेन्द्र कंडेलले बेलायतमा नेपाली व्यवसायीहरुलाई प्रोत्साहन गर्न यस्तो अवार्ड कार्यक्रम आयोजना गरिएको बताए। आउंदा दिनहरुमा यसलाई अझ बृहत रुपमा लैजाने बताउंदै उनले सहभागि व्यवसायीहरुप्रति आभार प्रकट गरेका थिए।

अवार्ड वितरण कार्यक्रम व्यवसायीहरु फत्त थापा, यादव श्रेष्ठ, र दासुराम पाण्डे लगातले सञ्चालन गरेका थिए। बेलायतस्थित नेपाली व्यवसायीहरुको संस्था एनबिए युकेले नेपाली व्यवसायी तथा उच्च व्यक्तित्वहरुलाई समेट्दै सो अवार्डहरु वितरण गरेको हो। सो समारोहमा बेलायतस्थित नेपाली व्यवसायीहरुको बाक्लो सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया