Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

लण्डन । ग्रिनवीच क्षेत्रमा रहेका विभिन्न एशियन समुदायका अग्रजहरुले आफ्ना कला संस्कृतिको जगेर्ना गर्न तथा समुदायबीच सम्बन्ध प्रगाढ बनाउन एशियन मेला आयोजना गरे । डायमण्ड जुब्ली एवं नजिकिंदै गरेको लण्डन ओलम्पिकको पुर्वसन्ध्यामा साउथइष्ट लण्डनमा आइतबार आयोजना गरीएको मेलाबाट एशियाको पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।

एशियन म्युजीक फेस्टिवल नाम दिइएको मेला हेर्न गि्रनवीच क्षेत्रका सयौं नेपाली, भारतीय, बंगाली लगायत अन्य देशका मानिसहरु भेला भएका थिए ।

कार्यक्रम सफल पार्न ग्रिनवीच क्षेत्रमा रहेका विभिन्न नेपाली समुदाय तथा भारतियहरुले सक्रिय भुमिका निर्वाह गरेका थिए । विलविचस्थित हाइली ट्रष्टेड साउथ लण्डन कलेजले प्रमोट गरेको एशियन मेलामा भट्टराई एण्ड को सोलिसिटर, मसला मार्ट र गोर्खा क्लवले स्टलहरु राखेका थिए ।

भव्यरुपमा नेपाली तथा हिन्दी गित संगितको संयोजन गरीएको कार्यक्रम नेपाल फोरम ग्रिनवीच, पासापुचा गुठी, नेपाली विजनेश एशोसियसन लगायतका सस्थाहरुले संयोजन गरेका हुन । यसका अलावा अन्य एशियन मुलका समुदायहरुको पनि सहभागिता रहेको थियो ।

संधैंभरी विलविचपार्कको बिग स्क्रीनमा टेलिभिजन हेरेर बस्ने नेपालीहरुले सो दिन आफ्नै कला संस्कृतिले ओतप्रोत नेपाली गित संगितमा मनोरञ्जन लिए । विशेषगरी गोर्खा बृद्धबृद्धाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपालमा लोकप्रिय रहेको भैरब नाच प्रस्तुत गरीएको थियो । त्यस्तै गुल्मी जिल्ला समाजको संयोजनमा रहेको पञ्चे बाजा सहभागि सबै नेपाली र अन्य समुदायका मानिसहरुको मन जित्न सफल भयो । पञ्चेवाजामा गाइएको देशप्रेम झल्कने दोहोरी गितले सबैलाई नेपाल स्मरण गराएको थियो । सो अवसरमा जाउंजाउं रेलैमा बोलको गितमा नाचेका सुन्दरीहरुले सहभागि दर्शक दिर्घाको मन खिचेका थिए ।

सांगितिक माहौललाई अझ प्रगाढ पार्न बेलायतमा जम्दै गरेका कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । ****

तपाईको प्रतिक्रिया