Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दोहा – “मगर जातीको विकासको लागी, विश्वभरका मगर संघ संस्थाहरु बिच समन्वय र सहकार्यता” भन्ने मुल नाराका साथ नेपाल प्रवासी मगर संघ दोहा कतारद्धारा संस्थाले १२ बर्ष पुरा गरेको शुभ अवसरमा २०१२ जुन २९ मा नेपाल प्रवासी मगर संघ दोहा कतारका केन्द्रिय समितीका अध्यक्ष भिम तरामुमगरको सभापतित्व, नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष मानबहादुर सावाँलिम्बुको प्रमुख आतिथ्य र कतारबासी मगरहरुको २०६८/६९ का लागी चुनिनुभएका मगर बाङ (राजा) र संघका प्रमुख सल्लाहकार देवबहादुर रानामगर बिशिष्ट आतिथ्य तथा केन्द्रिय समितीका महासचिव शरण थापामगरको सञ्चालनमा दोहाको ढाका रेष्टुन्टमा बृहत मगर तथा गैरमगरहरुको उपस्थितिमा १२ औं बाषिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधित्व गरेर आउनुभएका अतिथिहरुलाई संस्थाको तर्फबाट शशिकला मगर, धनिसरा मगर र केन्द्रिय महिला सदस्य ज्ञानु पुनमगरले खादाद्धारा स्वागत गर्नुभएपछि सभापति र प्रमुख अतिथिद्धारा संयुक्तरुपमा ब्यानर अनावरण र १२ वटा दिप प्रज्वलन गर्नुभएर औपचारिक रुपमा कार्यक्रमको शुरुवात गर्नुभएको थियो। कार्यक्रमकै सिलसिलामा प्रथम सहिद लखन थापामगरको बिशेष सम्मान गर्दै अन्य सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो। त्यसपछि सम्पूर्ण उपस्थितीद्धारा राष्ट्रिय गान र मगर गीत गाईसकेपछी नेपाल प्रवासी मगर संघ दोहा कतारका प्रथम उपाध्यक्ष महेन्द्र थापामगरले कार्यक्रमलाई माया गरेर उपस्थित हुनुभएका सम्पुर्णमा मन्तब्यद्धारा स्वागत गर्नुभएको थियो। स्वागत मन्तब्य दिने क्रममा उपाध्यक्षले संस्थालाई यस स्थान सम्म ल्याई पुर्‍याउनुभएका संस्थाका सम्पूर्ण अग्रजहरुमा हार्दिक आभार पनि ब्यक्त गर्नुभएको थियो।

कार्यक्रमकै सिलसिलामा शुभकामना मन्तब्यको क्रममा गुल्मी प्रवासी सेवा समाजका प्रमुख सल्लाहकार द्रोण बस्नेतले मगर सघ कतारले राम्रा सामाजिक कार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि त्यस्तै कार्यहरुको अपेक्षा राख्नुभएको थियो भने दाङ देउखुरी प्रवासी सेवा समाजका अध्यक्ष गणेश प्रसाद बञ्जाडेले मगर संघ सँग सधैं सहकार्य भईरहेको र यसमा अझ प्रगतीमय निरन्तरता माथी जोड दिनुभएको थियो। त्यस्तैगरी मोरङ सुनसरी प्रवासी सेवा समाजका अध्यक्ष गोकुल थापाले सम्पुर्ण मगरहरुको एकता, अहिलेको आवश्यकता जस्तै सम्पूर्ण नेपालीहरुको एकता, अहिलेको आवश्यकता रहेको र मगर लगायत सम्पूर्ण नेपालीहरुको भाषा लिपी संस्कृती आदिहरु साझा सम्पति रहेको बताउनुभयो। शुभकामना अगाडि बढ्ने क्रममा प्रवासी भुजेल सेवा समाज, दोहा कतारका अध्यक्ष हेमेन्द्र खवासले मगर संघले कतारमा छरिएर रहेका मगरहरुलाई उत्कृष्ठ ढंगले एकतामय बनाउँदै लगीरहेको प्रती खुसी ब्यक्त गर्नुभएको थियो भने नेपाल प्रवासी दराई समाज, दोहा कतारका कोषाध्यक्ष दामोदर दराईले यस्तै बृहत मगरहरुलाई समेट्ने कार्यक्रमहरुको निरन्तरताको अपेक्षा गर्नुभयो। मन्तव्यकै शिलशिलामा तमु समाज, शाखा कतारका अध्यक्ष विमल तमुले कतारका सम्पूर्ण संघ संस्थाहरुको एकता गर्दै समन्वय र सहकार्यता गर्नु पर्नेमा जोड दिनुहुँदै अरुलाई असर नपार्ने र देशको भलो हुने खालको कुनै पनि कुरामा पछि हट्न नहुने भनाई राख्नुभयो।

त्यस्तैगरी किराँत राई यायोक्खा, शाखा कतारका महासचिव तारा कुलुङराईले परिस्थितिअनुसार अवस्थाहरु पनि स्वभावत परिवर्तन हुनाले नयाँ ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो त्यस्तैगरी किराँत याकथुङ चुम्लुङ, दोहा कतारका केन्द्रिय सदस्य यतु कु. सम्बाहाम्फेले संघीयता बारे अहिले संघीयता बिरोधी तत्वहरुले संघीय राज्य हुन नदिन बिभिन्न बहाना रचिरहेको र पहिचान सहितको संघीयतामा ब्यापक भ्रमहरु छर्दै आईरहेको प्रती सचेत गराउनुभयो। मन्तव्यकै क्रममा संघका सल्लाहकार सदस्य तथा आदिबासी जनजाती महासंघ कतारका प्रथम उपाध्यक्ष प्रकाश आलेमगरले संघ निकै अगाडी बढीरहेको र अब अझ समस्त मगरहरुले संघ प्रती चासो दिंदै सम्पुर्ण मगर र आदिबासी जनजाती एक हुनुपर्नेमा जोड दिनुभयो भने संघका प्रमुख सल्लाहकार देव ब. रानामगरले पहिचान सहितको राज्यमा बिभिन्न भ्रमले गर्दा एउटा राज्यमा एक जाती भन्दा बढी बस्नै नसकिने जस्ता मनोगनन्ते कुराहरु प्रचलित बनाईरहेको प्रती ध्यानाकर्षण गनुहुँदै पहिचान सहितको राज्यमा पनि त्यहाँ भित्रका सम्पुर्ण जात जातीहरुको समान अधिकार हुन्छ भन्ने कुरामा कुनै दुईमत नरहेको कुरा प्रष्ट्याउनुभयो। सो कार्यक्रममा सम्पुर्ण वक्ताद्धारा संघले १२ बर्ष पुरा गरेको प्रती खुसी ब्यक्त गर्नुहुँदै आउँदा दिनहरुमा अझ उत्तरोत्तर प्रगतीको कामना गर्नुभएको थियो। कार्यक्रममा अन्य अतिथीहरुमा थारु कल्याणकारिणी सभा, कतार च्याप्टरका सदस्य शम्भुनारायण चौधरी, जनजाती पत्रकार प्रेम लामा, संघका संस्थापक तथा सल्लाहकार सदस्य नारायण रानामगर, संस्थापक सदस्य थिर ब. ल्हायोमगर, संस्थापक सदस्य लोकेश गाहामगर, पुर्व अध्यक्ष तथा सल्ल्ााहकार सदस्य छत्र ब. घलेमगर, सल्ल्ााहकार सदस्य तिलक घर्तीमगर, सल्ल्ााहकार सदस्य मनिराज पुनमगर, पुर्व सल्लाहकार प्रमुख डि. एन. पाङमीमगर, निवर्तमान कोषाध्यक्ष गिरी काउछामगर, दोहा एरिया समितीका प्रतिनीधी का. बा. अध्यक्ष केशव रानामगर, सनैया ब् एरिया समितीका प्रतिनीधी सचिव रेशम आलेमगर, हुनुहुन्थ्यो।

उक्त कार्यक्रममा संस्थामा अतुलनिय योगदान दिनुभएका निवर्तमान अध्यक्ष देब ब. रानामगरलाई सम्मान–पत्र द्धारा सम्मानीत र निवर्तमान उपाध्यक्ष प्रकाश आालेमगर, कोषध्यक्ष गिरी काउछामगर र योगेन्द्र चिढीमगरलाई कदर–पत्रद्धारा उहाँहरुको योगदानको कदर गरिएको थियो भने २०१२ मार्च ९ मा मनाईएको ३०औं मगर दिवस कार्यक्रममा डोरी तान्ने, हाँडी फोर्ने, र ठेलो फाल्ने बिजयी खेलाडीहरुलाई प्रमाण पत्र, बस प्रायोजकहरु विरेन्द्र रानामगर, गणेश प्रसाद बञ्जाडे, सन्दिप के.सी., लोकेश गाहामगर, राहुल पुनमगर, र भुपेन्द्र रिखामममगर तथा मिनरल पानी प्रायोजन गर्नुहुने द्रोण बस्नेतज्युहरुलाई प्रशंसा–पत्र प्रदान गरी प्रशंसा गरिएको थियो र उक्त कार्यक्रममा स्वयंसेवक भएर खट्नुहुने सम्पुर्णलाई पनि प्रशंसा–पत्रद्धारा प्रशंसा गरिएको थियो।

कार्यक्रमको अन्ततिर प्रमुख अतिथीज्युले सुभकामना मन्तव्यका साथमा कतारमा धेरै आदिबासी जनजाती भए पनि ११ वटा संस्था मात्र संगठीत हुनुमा दुःख ब्यक्त गर्नुभयो भने मगरहरु संस्कृतिमा निकै धनी रहेको तर मगरहरुको भाषा जोगाउन निकै कठीन रहेको प्रती उदाहरण सहित ध्यानाकर्षण गराउनुभयो। साथै उहाँले बिश्वमा विकसीत देशहरु पहिचान सहितको राज्य रहेको प्रती प्रष्ट पार्नुहुँदै नेपालमा पनि पहिचान सहितको राज्यमा कुनै सन्देह नगर्न सम्पुर्ण देशभक्त नेपालीमा आग्रह गर्नुभयो। उहाँले पहिचान सहितको संघीययताले देश टुक्रीने नभई संकीर्णताले देश टु्क्रिने हुनाले राज्यले सम्पूर्ण सन्तानमा समान अधिकार नबाँडे सम्म देशको बिकाश हुन नसक्ने औंल्याउनुभयो। अन्तमा सभापतिद्धारा कार्यक्रम सफल पार्नको लागी सहगोग गर्नुहुने सम्पुर्णमा धन्यबाद दिनुभए पछी कार्यक्रमको औपचारीक रुपमा अन्त्य गर्नुभएको थियो। ***

तपाईको प्रतिक्रिया