Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं –  आकर्षक रोजगारीको क्षेत्र मानिने मलेसियाको सुरक्षाक्षेत्र नेपालीका लागि फेरि खुलेको छ । बढ्दो माग र रोजगारदाताको आग्रहमा मलेसियाली सरकारले क्षेत्र खुला गरेको हो ।

रोजगारदाताको मागअनुसार योग्य गार्डको अभाव झेल्दै आएपछि सरकारले रोजगारदाता एवं संस्थाहरुको आग्रहलाई ख्याल गरी यही जुन महिनाको दोस्रो सातादेखि सुरक्षाक्षेत्रमा नेपालबाटै कामदार ल्याउन अनुमति दिएको हो ।

मलेसियाली सरकारले मागअनुसार कामदार आपूर्ति गर्न गतबर्ष आममाफी कार्यक्रम अन्तर्गत ल्याएको सिक्स–पी (बैधता कार्यक्रम) मा अवैध रुपमा रहेका १० हजार नेपालीलाई यस क्षेत्रमा रोजगारीको अनुमति दिएको थियो । त्यसरी अनुमति दिइए पनि अझै योग्य कामदार अभाव भएको भन्दै संघ र रोजगारदाताले नेपाली गार्ड ल्याउन अनुमति दिन सरकारसमक्ष पटक–पटक आग्रह गर्दै आएका थिए ।

स्रोतकाअनुसार बैधता कार्यक्रम अन्तर्गत सरकारले अनुमति दिएको १० हजार कोटामध्ये करिब ७ हजारमात्रै पूर्तिभएको छ । अझै ३ हजार कामदार अभाव छ ।

नेपालीका लागि आकर्षक मानिने यस क्षेत्रमा मलेसिया सरकारले विदेशीमध्ये नेपालीलाई मात्र रोजगारी दिँदै आएको छ । नेपाली सुरक्षागार्ड सैनिक पृष्ठभुमीबाट आउने ‘गुर्खा’ पृष्ठभूमिका र इमान्दार हुने भएकाले पहिलो रोजाइमा पर्दै आएका छन् । यस क्षेत्रमा कार्यरत नेपालीले मासिक ५० हजार रुपैंयासम्म कमाउँछन् । यहाँका उच्च घराहनीयदेखि सामान्य गृहवासीले समेत नेपाली गार्ड राख्न रुचाउँछन् । ***

तपाईको प्रतिक्रिया