Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – आमिर खानले चलचित्र ठग्स अफ हिन्दुस्तान फ्लप भएपछि पहिलो पटक प्रतिक्रिया जनाएका छन् । आमिर खानले सोमबार सञ्चारमाध्यमसँग कुरा गर्दै भने, ठग्स अफ हिन्दुस्तान दर्शकलाई मन परेन । म यो कुराको पूर्ण जिम्मेवारी लिन्छु । हामी गलत साबित भयौं । हामीले पूरा कोसिस गरेका हौं । कतै न कतै हामी गलत साबित भयौं ।’

यद्यपी, कतिलाई ठग्स अफ हिन्दुस्तान मन पनि परेको थियो । आमिरले ती मानिसहरुलाई धन्यवाद दिँदै भने, ‘कतिलाई फिल्म मन परेको पनि छ उनीहरुलाई हामी धन्यवाद दिन्छौं ।

दर्शकले केही आशा लिएर मेरो फिल्म हेर्न आएका थिए । म ती दर्शकहरुसँग माफी माग्छु कि मैले उनीहरुलाई मनोरञ्जन दिलाउन सकिनँ ।’

बक्स अफिसमा ठग्स अफ हिन्दुस्तान

अमिताभ बच्चन, कट्रिना कैफ र आमिर खानको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ गएको नोभेम्बर ८ मा रिलिज भएको थियो । रिलिजपूर्व निकै चर्चामा रहेको चलचित्रको पहिलो दिनको कमाईले रेकर्ड बनायो ।

चलचित्रको पहिलो दिनको कूल कमाई २५ करोड भारु थियो । चलचित्रले पहिलो हप्तामा एक सय ३४ करोड भारु कमायो । दोस्रो हप्ता फिल्मको कमाई बढेर एक सय ४९ करोड भारुसम्म पुगेको थियो ।

आमिरको रेकर्ड

सिक्रेट सुपरस्टार : २०१७ मा आएको यस चलचित्रमा जायरा वसीम मुख्य भूमिकामा थिए । जसमा आमिर खान सहकलाकार थिए । बिहीबार रिलिज भएको यो चलचित्रको पहिलो दिनको कमाई ४.८० करोड भारतीय रुपैयाँ थियो । दोस्रो दिन यही फिल्मको कमाई ९.३० करोड भारतीय रुपैयाँ थियो ।

दंगल : २०१६ मा चार हजार स्क्रिनमा रिलिज भएको चलचित्र दंगलको पहिलो दिनको कमाई २९ करोड भारतीय रुपैयाँ रहेको थियो ।

पीके : २०१४ मा रिलिज भएको यो चलचित्रको पहिलो दिनको कमाई २६ करोड भारतीय रुपैयाँ भएको थियो ।

धूम ३ : धूम सिरिजको तेस्रो चलचित्र २०१३ मा रिलिज भएको थियो । चलचित्रको पहिलो दिनको कमाई ३६ करोड भारतीय रुपैयाँ रहेको थियो ।

तलाश : सन् २०१२ मा रिलिज भएको यो चलचित्रको पहिलो दिनको कमाई करिब १३ करोड भारतीय रुपैयाँ रहेको थियो ।

तपाईको प्रतिक्रिया