Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025
काठमाडौं- प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई राजीनामा गर्न दवाव दिइरहेका नेपाली कांग्रेस र नेकपा (एमाले)ले नयाँ प्रधानमन्त्रीको उम्मेदवार तोक्न सकेका छैनन् । नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा वा रामचन्द्र पौडेलमध्ये को उम्मेदवार बन्ने भन्ने विवाद कायमै रहेको छ । अरु १० दिनसम्ममा मात्र नेपाली कांग्रेसले प्रधानमन्त्रीको नाम तोक्ने भनेको छ । तैपनि १० दिनभित्रमा सहमति बन्न सक्ने वातावरण कांग्रेसमा देखिंदैन । देउवा र पौडेलका बीच सहमति बन्न नसकेमा कांग्रेस सभापति सुशील कोइरालालाई नै प्रधानमन्त्रीका रूपमा दलहरूबीच सहमतिका लागि प्रस्तुत गर्ने तयारी भएको बुझिएको छ तर सुशील कोइराला नै पनि ने.कां. पार्टीभित्र सर्वसम्मत हुने स्थिति नरहेको एक कांग्रेस नेताले जनधारणालाई जनाएका छन् ।
त्यसैगरी नेकपा (एमाले)मा पनि प्रधानमन्त्री पदको दावी सुरु भएको छ । माधव नेपाललाई प्रधानमन्त्री बनाउन पार्टीभित्रबाट विशेष भूमिका निभाएका केपी शर्मा ओलीलाई माधव पक्षका मानिने रघुजी पन्तले प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन् । केपी ओलीलाई संविधानसभाको सदस्यमा मनोनित गरेरै भए पनि प्रधानमन्त्री बनाउने कसरत धेरै पहिलादेखि हुँदै आएको हो । ओलीलाई संविधानसभाको सभासदमै मनोनित गर्न एमाले पार्टीभत्रि सहमति नबनेपछि ओलीको प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पूरा हुन सकेको थिएन । यसपटक भने कांग्रेसभित्र सहमति बन्न नसकेर एमालेको पालो आएमा नेता ओलीलाई चिठ्ठा पर्ने सम्भावना बढेर गएको छ । एमाले पार्टीभित्र भने ओलीको नाम सर्वसम्मत भएको सूत्रले जनाएको छ ।
प्रधानमन्त्री डा.बाबुराम भट्टराईले भने दलहरूबीच सहमति नबनेसम्म आफूले राजीनामा नदिने अडान दोहोर्‍याउनुभएको छ । दलहरूबीच प्रधानमन्त्रीका लागि वैकल्पिक व्यक्तिको सहमति नबनेसम्म आफूले कुनै पनि हालतमा राजीनामा नगर्ने भनेर आफ्नो अठोट व्यक्त गरेपछि भट्टराईप्रति दलका नेताहरू आक्रोशित बनेका छन् । दलका नेताहरूले पहिले नै प्रधानमन्त्रीबाट भट्टराईले राजीनामा गर्नुपर्ने अडान लिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया