काठमाडौं – फ्रान्सको नौसेनाका केही गोताखोर अमेरिकाको एक एजेन्सीसँग मिलेर दोस्रो विश्वयुद्धमा डुबेको एक लडाकू विमानको भग्नावशेष खोजी गर्न जुटेको छ ।
यो अमेरिकी विमान फ्रान्सेली भूमध्य सागरको द्वीप कोरसिकाको पूर्वी तट नजिकै दुर्घटना भएको थियो । डीपीएए नामको एक अमेरिकी एजेन्सी फ्रान्सेली नौसेनाको गोताखोरको यो खोजी मिशनमा मद्दत गरिरहेको छ ।
यस एजेन्सी अनुसार वैज्ञानिकले डीएनए परिक्षणमार्फत दोस्रो विश्वयुद्धको क्रममा जुन दुई पाइलट हराइरहेका थिए ती दुईमध्ये कसले उक्त लडाकू विमान चलाइरहेका थिए भन्ने बारे जानकारी लिन कोसिस गरिनेछ ।
यी तस्बिरमा तपाईंले फ्रान्सेली गोताखोरलाई देख्न सक्नुहुन्छ ।
यी सबै गोताखोरले यूएस एएएफ पी–४७ थन्डरबोल्ट नामको अमेरिकी लडाकू विमानको नमूना जम्मा गरिरहेका छन् ।
यो विमान सन् १९४४ मा दुर्घटनाग्रस्त भएको थियो ।
अमेरिकी एजेन्सी डीपीएएको उद्देश्य ती सबै परिस्थितीबारे जानकारी गर्नु हो जसका कारण दोस्रो विश्वयुद्धको क्रममा यो दुर्घटना भयो ।
.एजेन्सीले मृत सैनिकको कुनै नमूना पाए त्यसलाई उनीहरुका परिवारलाई सुम्पिने कोसिस गर्ने बताएका छन् । ती पाइलटको आधिकारिक सैन्य तरिकाले अन्तिम संस्कार पनि गरिनेछ ।
फ्रान्सेली गोताखोरले विश्लेषणका लागि विमानका केही टुक्रा जम्मा गरेका छन् ।