Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दोहा – नेपाली जनसम्पर्क समिति दोहा कतारद्वारा आयोजित विरोध कार्यक्रम गत शुक्रवार सम्पन्न भएको छ । “राष्ट्रियता, लोकतन्त्र र समाजवाद संघीय गणतान्त्रिक गणतन्त्र” नेपालमा सामाजिक सद्भाव कायम राखौँ, संविधान सभा भंग गरी सर्वसत्तावाद लागू गर्न खोज्ने बिरुद्ध सम्पूर्ण प्रवासी नेपाली एक हौँ भन्ने नाराको साथ सम्पन्न सो कार्यक्रममा लोकतान्त्रिक अग्रगमन र शान्तिको घाँटी निचोरी सत्ता कब्जा गर्ने दीवास्वप्न कार्यान्वयन गर्ने माओवादी नेतृत्व गुटको चालवाजीलाई जनता समक्ष उदांगो पार्न राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले गरेको विरोध सभाप्रति ऐक्यबद्धता जनाउँदै नेपाली जनसम्पर्क समिती दोहा कतारले सो बिरोध सभाको आयोजना गरेको थियो ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष मानबहादुर साँवाले बोल्ने क्रममा नेपाली जनसम्पर्क समिती दोहा कतारले यस विरोध सभाको आयोजना गरेको भएपनि नेपाली आदिवासी जनजाति महासंघको केन्द्रिय कमिटीको निर्देशन अनुरुप यो विरोधसभाप्रति आफ्नो संस्थागत विमती रहेको जनाए । नेपाल एकता समाजका प्रतिनिधी सुर्य सुवेदीले सत्तामोहमा परी ठूला राजनीतिक दलहरु देश बचाउन पट्टि नलागी सत्ता बचाउन पट्टि लाग्नु देशको लागि दुर्भाग्य रहेको बताए । नेपाल लोकतान्त्रिक मञ्चका अध्यक्ष रामहरि गैरेले गणतान्त्रिक लोकतन्त्रको हिमायती ठान्ने माओवादीको कारण नै शान्ति र संविधान देशमा जारी हुन नसकेको आरोप लगाए । नेपाली जनसम्पर्क समिति दोहा कतारका महासमिति सदस्य युवराज पाठकले जनजाति, मुस्लिम, दलित लगायतका सम्पूर्ण पिछडावर्गलाई विधानमा समेट्ने काम नेपालका राजनीतिक दलहरु कसैले नगरेको र त्यो कुरा नेपाली कांग्रेसको विधानमा मात्र स्पष्ट रुपमा समेटिएको दावा गरे । बोल्ने क्रममा पाठकले माओवादी नेताहरुलाई कुनै जाति विशेषको मात्र नेता बन्ने धृष्टता नगरी सारा नेपालीको नेता बनेर देखाउन चुनौति दिए ।

जनचेतना अभियानका संयोजक सागर नेपालले यदि नेपालका राजनीतिक दलका नेताहरुले आफ्नो चरित्रलाई सुधारेर नागरिकहरुप्रति जिम्मेवार भई राजनीतिक पृष्ठभूमिमा उत्रिएको खण्डमा देशका लागि योग्य नेताहरु हालका सवै दलका नेताहरुको विकल्पमा अरु कोहि नरहेको बताए । बुद्धिजीवी, समाजसेवी कमलमणी गुरागाईंले आफुले बोल्ने क्रममा संविधान सभा घोषणा गर्न अन्य राजनीतिक दलहरुले अवरोध खडा गरेको भन्दै आरोप लगाउँदै हिँड्ने माओवादीहरुले नै संविधान सभाको म्याद सकिनु २ घन्टा अगावै संविधानसभा आफ्नो एकल निर्णयमा भंग गर्नु नै महान गल्ती गरेको आरोप लगाए । हाल देशमा भईरहेका माओवादी बाहेकका अन्य दलको संयुक्त आन्दोलनलाई जनजाति बिरुद्ध गरिएको आन्दोलन हो भन्दै कुर्लने माओवादीको उदघोषको भ्रम चिर्न आजको आवश्यक रहेको बताए । अब आएर सवै दलका नेताहरुले आफ्नो पार्टी बचाउनु भन्दा पनि राष्ट्र बचाउनु आजको अपरिहार्य आवश्यकता भएको सुझाव पेश गरे ।

त्यस्तै वक्ता बद्री पाण्डेले जनजातिहरु यहि विन्दुमा आएर आफुलाई चुकाउने गरेको बताउँदै पहिला जो कोहि जनजाति भएर जन्मिएको होइन, पहिले नेपाली भएर जन्मिएको कुरालाई जबसम्म स्वीकार्न सक्दैन, तब सम्म जनजातिहरुले आफुलाई सधैँ संकुचनको दलदलबाट आफुलाई उकास्न नसक्ने जिकीर गरे । यसमा आदिवासी जनजाति र माओवादी मात्र नभै सम्पूर्ण ६०१ नै दोषी भएको दावा गरे । एनआरएनका अध्यक्ष अमृत गुरुङले देशको लागि जुनसुकै हालतमा पनि शान्ति र संविधान जारी हुनुपर्ने कुरामा मात्र आफ्नो जोड रहेको बताए ।

नेपाली प्रवासी मुस्लिम समाजका महासचिव अजिज अलिले जातिय राज्यको नारा दिएर हिँड्ने माओवादीको उद्धण्डता प्रति देश र नागरिकको भविष्य त्यति आशवादी नभएकै कारणले मुस्लिम स्वायत्त प्रदेशको माग राख्दै आएका मुस्लिम समुदायले आफ्नो मागमा लचकता अपनाएर संयमता अपनाएको बताए । जातियताको नारा बोकेर भ्रमको खेती गर्दै हिँड्नेहरुको पुच्छर बनेर कसैलाई पनि नहिँड्न उनले सचेत गराए । त्यस्तै गरी कार्यक्रमका सभापति विमल सुवेदीले देशमा यस्तो अवस्था सिर्जना हुनुमा प्रमुख कारक माओवादी नै भएको ठोकुवा गर्दै देशलाई विखण्डनको भूँवरीमा लगेर क्षत विक्षत बनाउने तत्वलाई जनताहरुले परास्त गर्ने बेला आएको छ भनी आफ्नो कुरा राखे ।

बद्रि पाण्डेको प्रमुख आतिथ्यता तथा नेपाली जनसम्पर्क समितीका सभापति विमल सुवेदीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सहमहामन्त्री धिरज चाम्लिङले कार्यक्रमको बारेमा आफ्नो धारणा राख्नु भएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष शाकिर अलिले राख्नुभएको थियो । गैर आवासीय नेपाली संघ गल्फ संयोजक नरेन्द्र भाट, समन्वय विभाग प्रमुख राजेश दर्शन अर्याल, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव टिबी कार्की, व्यवसायी सरोज पोख्रेल, पाल्पा सेवा समाजका अध्यक्ष भूपराज दुवाडीले पनि आफ्नो मन्तव्य राखेका थिए । सोही अवसरमा कतारमा नेपाल मुस्लिम संघ नेपाली कांग्रेसको भातृसंगठनको रुपमा गठन भएको घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया