Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – बेलायतका राजकुमार ह्यारीले अकेरीकी अभिनेत्री मेगन मोर्कलसँग लगनगाँठो कसेका छन् ।

उनीहरुको विवाह विण्डसरमा रहेको सेन्ट जोर्जेज च्यापलमा  स्थानीय समय अनुसार मध्याह्न १२ बजे भएको हो । मार्कल आफ्नी आमासहित रोल्स रोयस गाडीमा विवाहस्थलमा पुगेकी थिइन्।

सेन्ट जोर्जेज च्यापलमा पुगेलगत्तै ह्यारीका पिता युवराज चार्ल्सले मार्कलको हात डोर्‍याएर भित्र लगेका थिए। महारानी एलिजावेथ र उनका पति ड्युक अफ एडिन्बरा पनि विवाह समारोहमा उपस्थित भए ।

ह्यारी भने आफ्ना दाजु विलियमसँगै विवाहस्थलमा पुगेका थिए। मेगनको परिवारतर्फबाट उनकी आमा डोरिया मात्र उपस्थित भएकी थिइन ।

वैवाहिक कार्यक्रम हेर्न सडकमा हजारौंको भीड लागेको थियो । विवाहपछि आधा घण्टासम्म उनीहरुले सर्वसाधारणको अभिवादन ग्रहण गरेका थिए । अभिवादनका लागि पहिले नै तयारी गरेर २ दिन अगाडि रिहर्सलसमेत गरिएको थियो ।

विवाह अघि मेगन आफ्नी आमा डोरियासँग बेलायतकी महारानीसँग भेट्न शुक्रबार विण्डसरको किल्लामा पुगेका थिए ।

तपाईको प्रतिक्रिया