Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
न्युयोर्क- ड्रग्सको कुलतमा फसेर अमेरिकामा अध्ययन गर्न आएका एकजना नेपाली विद्यार्थीको विजोग भएको छ । अध्ययनका शिलशिलामा अमेरिका आएका २३ वर्षका नेपाली विद्यार्थी भविश्य योगीले अध्ययन छाडेर गलत बाटो लिएपछि उनको भविश्य नै अन्यौलग्रस्त बनेको हो । न्युयोर्कको सडकमा छोराको विजोग भएपछि आमाले आफ्नो छोरालाई नेपाल फर्काउन सहयोगका लागि अपिल गरेकी छिन् । जुन ४ मा भविश्य योगीको जन्मदिन समेत रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
पारिवारिक श्रोतका अनुसार भविश्य योगी चारवर्षअगाडि अमेरिकाको मिजौरीमा रहेको कलेजमा अध्ययनका लागि नेपालबाट अमेरिका आएका थिए । उनले सुरुमा केही समय कलेजमा अध्ययन पनि गरे । तर २/४ महिनापछि उनले कलेज पनि छाडिदिए भने लागु पदार्थको दुव्र्यसनमा फस्दै गए । लागुपदार्थको कुलतमा फसिसकेपछि उनी विस्तारै होमलेस भएर सडकमा झरे । केही समय अगाडि अमेरिकाको न्युयोर्कमा आएका भविश्य योगी कहिले सडकमा सुत्छन् त कहिले टे«नमा । न बस्नको ठेगान छ न त खानको नै ठेगान छ । उनी पूर्णरुपमा होमलेस भइसकेका छन् । उनीसंग लगाउने कपडा समेत छैन । तर पनि उनमा लागुपदार्थको दुव्यर्सन भने नहटेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।
नेपाली विद्यार्थी भविश्य योगीको यो दुरावस्था आएपछि इजरायलमा रहेकी उनकी आमाले त्यहा रहेको नेपाली दूतावाससंग सहयोगको अपिल गरेकी थिइन् । उनले योगीलाई नेपाल फर्काउनका लागि सहयोग गरिदिन अपिल गरेकी हुन् । अहिले इजरायलको दूतावासले आमाको अपिल अमेरिकाको न्युयोर्कमा रहेको नेपाली नियोगमा पठाइसकेको छ । “हामीले भविश्यको खोजी जारी राखेका छौं । ” नेपाली नियोगका अधिकारी अमृत राईले ह्वाइटहिमाललाई जानकारी दिए । न्युयोर्कमा रहेको नेपाली नियोगले भविश्यको खोजीका लागि र उनलाई नेपाल पठाउन सहयोगका लागि अमेरिकामा रहेको नेपाली समुदायलाई समेत आग्रह गरेको छ । कसैले योगीलाई भेटेमा नियोगका अधिकारी विश्व पनेरुलाई जानकारी दिन, प्रहरीलाई खबर गरिदिनुहुन वा अस्पतालमा लगिदिनुहुन समेत नियोगले अनुरोध गरेको छ ।
भविश्य योगीको स्वास्थ्य अवस्था पनि अत्यन्तै खराव भइसकेको छ । न्युयोर्कका समाजसेवी तारा निरौला भन्छन् –“उनलाई मैले दुईदिन अगाडि न्युयोर्ककै एल्मर्सट अस्पतालमा भेट्दा उनको स्वास्थ्य अवस्था अत्यन्तै नराम्रो बन्दै गइरहेको थियो । ” इजरायलबाट उनकी आमाको फोन आएपछि भविश्य योगीका बारेमा सोधखोज गर्दा उनी अस्पतालमा रहेको थाहा पाएपछि आफू तुरुन्त अस्पतालमा भेट्न पुगेको पनि निरौलाले ह्वाइटहिमाललाई जानकारी दिए ।
निरौलाका अनुसार भविश्य योगीलाई न्युयोर्क प्रहरीले सडकबाट उठाएर अस्पतालमा लगेको थियो । अस्पतालमा निरौला र योगीबीच केहीवेर कुराकानी समेत भएको थियो । कुराकानस्का क्रममा डाक्टर तारा निरौलाले नेपालमा गएर उपचार गर्नुपर्ने हुनसक्ने वताउदा भविश्य योगीले आफू नेपाल फर्कने बताएका थिए । त्यसपछि केही दिनमा भेट्न आउने जानकारी दिएर डाक्टर तारा निरौला अस्पतालबाट बाहिरिएका थिए ।
डाक्टर तारा निरौलाले न्युयोर्कको नेपाली नियोगलाई भविश्य योगीका बारेमा जानकारी दिएपछि नियोगका अधिकारीहरुसहितको टोली अस्पताल पुगेको थियो । तर त्यतीबेलासम्म अस्पतालले योगीलाई डिस्चार्ज गरिसकेको थियो । अस्पतालबाट डिस्चार्ज भएका योगी एकरात साथीको कोठामा बसेपछि भोलिपल्ट विहानै उठेर हिडेका थिए । त्यसपछि उनी अहिलेसम्म कतै देखिएको जानकारी प्राप्त नभएको डाक्टर तारा निरौलाले जानकारी दिए । “हामीले उनको खोजी गरिरहेका छौं, केही दिनमा नै पत्तो लाग्नेछ ।” निरौलाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया