Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – भक्तपुरको मध्यपुर थिमि क्षेत्रका बासिन्दाले आइतबार विहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात सुथःसिया जात्रा मनाएका छन् । जात्रामा केटाकेटीदेखी वृद्धवृद्धाको समेत सहभागिता रह्यो । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुरेजात्रा प्रसिद्ध छ । थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७, टिगनीमा १ स्थानमा बेग्लाबेग्लै खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ । थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ । 

तस्बिरः रासस

तपाईको प्रतिक्रिया