Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको मित्रवत सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताउनुभएको छ । आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत (गार्ड अफ् अनर) सम्पन्न भएलगत्तै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस क्षेत्रको गरिबी निवारणमा मिलेर काम गर्नुपर्ने बताउनुभयो । जनताको जीवनस्तर उकास्नका लागि मिलेर काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पुर्‍याउन आफू भारत भ्रमणमा आएको बताउनुभयो । भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उहाँले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान दिइएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीलाई उहाँका समकक्षी नरेन्द्र मोदीले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा नेपाल र भारतका राष्ट्रिय धून बजाइएका थिए ।फोटो सौजन्य : परराष्ट्र मन्त्रालय 

 

 

 

तपाईको प्रतिक्रिया