Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – बंगलादेशको राजधानी ढाकाबाट ७१ यात्रुसहित आएको युएस बंगला विमान कम्पनीको बम्बार्डियर जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएर पुर्णरुपमा जलेको छ ।दिउँसो सवा २ बजे अवतरणका क्रममा धावनमार्ग भन्दा केही बाहिर पुगेर दुर्घटनाग्रस्त हुँदा आगलागी भएको हो । आगलागी भएपछि जहाज पुरै जलेर नष्ट भएको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । प्रवक्ता ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।ठाकुरका अनुसार दुर्घटनापछि आगलागीमा परेर घाइते भएका १७ जना यात्रुलाई उद्दार गरेर सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र निजामती अस्पताल पठाइएको छ । अहिले घटनास्थलमा उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विमानस्थलका कर्मचारी तथा वारुण यन्त्रसहितको ठुलो टोली परिचालित भएको ठाकुरले जानकारी दिनुभयो ।

तस्बिर: सुरज दाहाल

तपाईको प्रतिक्रिया