Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

ताप्लेजुङ – ताप्लेजुङबाट निर्वाचित एमाले सांसद योगेश भट्टराईले चुनावमा १७ लाख २५ हजार रुपैयाँ खर्च गरेको विवरण बुझाउनुभएको छ ।

उहाँले खर्चको सबै विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुभएको हो । विवरणअनुसार उहाँले कार्यकर्ता परिचालनमा ६ लाख ५० हजार, कार्यालय संचालनमा ३ लाख ५० हजार र सवारी सधानमा ३ लाख खर्च गरेको उल्लेख छ ।

त्यस्तै प्रतिनिधि परिचालनमा १ लाख ४० हजार प्रचार सामाग्रीमा एक लाख २० हजार अन्य विविध खर्च अन्र्तगत ९० हजार रुपैयाँ खर्च गरिएको उल्लेख गरेका छन् । उहाँले प्रचार सामग्रीमा एक लाख २० हजार खर्च भएको र अन्य ९० हजार खर्च भएको उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया