Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – उद्योग विभागले हालसम्म ७ हजार २६० उद्योग दर्ता गरेको छ ।

ठूला, मझौला र विदेशी लगानीका साना उद्योग दर्ता गर्ने जिम्मेवारी पाएको विभागले हालसम्म ७ हजारभन्दा धेरै उद्योग दर्ता गरेको हो । तीमध्ये ठूला ९८४, मझौला एक हजार ६०२ र साना ४ हजार ६७४ उद्योग दर्ता भएको विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिनुभयो ।

विभागले रु १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना, १० करोडदेखि २५ करोडसम्म लगानी भएका उद्योगलाई मझौला र रु २५ करोडभन्दा धेरै पूँजी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको छ । स्वदेशी लगानीका साना उद्योग दर्ता भने साना तथा घरेलु उद्योग विभाग तथा साना तथा घरेलु विकास समितिअन्तर्गत रहेका जिल्ला कार्यालयले गर्दै आएका छन् ।

यस्तै, विभागमा तीन महिनाको अवधिमा एक सयभन्दा धेरै उद्योगले म्याद थप गरेका छन् । उद्योग दर्ता गरेर सञ्चालनमा नआएका उद्योगलाई विभागले म्याद थपका लागि असोज ३० गते तीन महिनाको म्याद थप सूचना जारी गरेकोमा हालसम्म एक सयभन्दा बढी उद्योगले म्याद थप गरेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया