Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं  – विश्व बैंकले चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ४ दशमलव ५ प्रतिशतमा सीमित हुने नयाँ प्रक्षेपण गरेको छ ।

विश्व बैंकले विश्व अर्थतन्त्रसम्बन्धी प्रतिवेदन सार्वजनिक गदै सन् २०१८/१९ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको हो । सरकारले चालू आर्थिक बर्षमा देशको आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत हुने दावी गरिरहेको बेला विश्व बैंकले पछिल्लो प्रक्षेपण सार्वजनिक गरेको हो ।

यसअघि गत जुनमा बैंकले नेपालमा ४ दशमलव ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरेको थियो । तराई क्षेत्रमा बाढीपहिरोले पुर्‍याएको क्षतीले यसबर्षको कुल ग्राह्स्थ्य उत्पादन घट्ने विश्व बैंकले बताएको हो ।

प्रतिकुल मौसमका कारण कृषि उत्पादनमा कमी आउने हुँदा समेत असर पुग्ने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया