Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – मेलेसियाको निजी विमान कम्पनी एयर एसियाले त्रिभुवन अन्तर्राट्रिय विमानस्थललाई बुझाउन बाँकी बक्यौता फेब्रुअरीसम्म चुक्ता गर्ने प्रतिवद्धता जनाएको छ ।

आज विमानस्थल कार्यालयले बोलाएको बैठकमा एयर एसियाले फेबु्रअरीसम्म बाँकी बक्यौता तिर्ने प्रतिबद्धता जनाएको हो । एयर एसियाले विमानस्थललाई २३ करोड रुपैयाँ तिर्न बाँकी छ । उसले आइतबार दुई करोड रुपैयाँ तिरेको थियो । विमानस्थलले सम्झौताअनुसार बक्यौता चुक्ता नगरे विमान उड्न नदिने चेतावनी दिँदै आएको थियो ।

विमानस्थल प्रयोग गरेबापत समयमै रकम चुक्ता नगर्नेमा एयर एसियासँगै नेपाल एयरलाइन्स पनि छ । नेपाल एयरलाइन्सको पनि बक्यौता रहेको छ । कसरब तीन अर्ब रुपैयाँ बक्यौता रहेपछि विमानस्थलले मंसिर मसान्तसम्म चुक्ता गर्न सूचना निकालेको थियो । उक्त अवधीमा विभिन्न कम्पनीले करिव ६० करोड रुपैयाँ बुझाएका थिए ।
नेपाल एयरलाइन्सले पनि १० करोड रुपैयाँ दाखिल गरेको थियो । निगमको बक्यौता ८० करोड भन्दा धेरै रहेको समाचार सार्वजनिक भएको थियो ।

एयर अरेविया, मालिन्दो, टर्किस एयरलाइन्स, कोरियन एयर, थाई एयरवेज, चाइना इस्टर्न, इण्डिगो एयर, मलेसिया एयरलाइन्स, बंगलादेश एयरलाइन्स लगायतले बक्यौता बुझाउन बाँकी छ । वायुसेवा कम्पनीहरूले विमानस्थललाई तिर्नुपर्ने विमानस्थल विकास शुल्क, अवतरण (ल्यान्डिङ), पार्किङ शुल्क, सुरक्षा शुल्क, हवाई परिवहन शुल्क, कोठा काउन्टर शुल्क लामो समयदेखि नतिर्दा बक्यौता रकम बढेको हो ।

नेपाल उडान भर्ने अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुले नेपालबाट वार्षिक करिब ८० अर्ब रुपैयाँ आफ्नो देश लैजाने गरेका छन् । नेपालको उड्डयन बजारमा वार्षिक १ खर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ ।

तपाईको प्रतिक्रिया