Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

डडेल्धुरा – प्रधानमन्त्री शेरबहादुर देउवालै चुनाव खर्च विवरण निर्वाचन कार्यालय डडेल्धुरामा पेश गर्नुभएको छ । चुनाव सम्पन्न भएको चार हप्ता पछि प्रधानमन्त्री देउवाले निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुभएको हो ।

निर्वाचन कार्यालयमा पेश गरिएको विवरण अनुसार प्रधानमन्त्री देउवाले २३ लाख ४ हजार पाँच सय रुपैयाँ चुनावका लागि खर्च गर्नुभएको छ । सबैभन्दा बढी गोष्ठी-कार्यकर्ता परिचालनमा ७ लाख ६५ हजार खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।

यस्तै सवारीसाधनमा ४ लाख ५० हजार, सवारी इन्धनमा ९५ हजार, प्रचारप्रचार सामग्रीमा ९२ हजार, कार्यालय सञ्चालनमा ४ लाख ५० हजार, प्रतिनिधि परिचालनमा एक लाख ८९ हजार खर्च भएको उल्लेख गरिएको छ ।

मतदाता नामावली खरिदमा २ हजार ५०० र विविध खर्च एक लाख १५ हजार गरी जम्मा २३ लाख चार हजार पाँच सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

६ जनाले अझै बुझाएनन् निर्वाचन खर्च
गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका डडेल्धुराका १४ जनामध्ये ८ उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् ।

निर्वाचनको मतपरीणाम प्रकाशित भएको झण्डै चार साता पुग्दासमेत अझै ६ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी छ ।

तपाईको प्रतिक्रिया