Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – ग्यास उद्योगले आजदेखि अनिवार्य नेपाल गुणस्तर तथा नापतौल विभागवाट प्राप्त गुणस्तर चिन्ह लिने भएका छन् ।

नेपाल एलपी ग्याँस उघोग संघले सबै ग्यास उद्योगलाई गुणस्तर चिन्ह लिन निर्देशन दिएपछि एनएस नलिइ संचालन भएका ग्याँस उद्योगहरुले आजदेखि चिन्ह लिने भएका हुन । यसअघि सरकारले एनएस चिन्ह नलिने सबै उद्योगलाई कारवाही गर्ने भन्दै अनुगमन थालेपनि उद्योगीहरु तातिएका हुन् ।

विरगंजको सुपर ग्याँस उद्योगमा भएको आगलागी पछि गुणस्तर तथा नापतौल विभागले ग्याँस उद्योगहरुमा अनुगमन गर्दै गुणस्तर चिन्ह नलिने उद्योगहरुलाई कारवाही गर्न थालेको थियो । सरकारले एक वर्षअघि ग्याँस उद्योगलाई न्यूनतम मापदण्ड पुरा गरी गुणस्तर प्रमाण चिन्ह निर्देशन गरेको थियो ।

नेपाल एलपी ग्याँस उद्योग संघका अनुसार हालसम्म चारवटा ग्याँस उद्योगले गुणस्तर प्रमाण चिन्ह लिइसकेका छन । नेपाल ५३ ग्याँस उद्योग संचालनमा रहेका छन ।

तपाईको प्रतिक्रिया