Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा समान एक रुपैयाँ, आन्तरिक हवाई इन्धनमा तीन रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धनमा ५० डलर प्रतिकिलोलिटर वृद्धि गरिएको छ । खाना पकाउने एलपी ग्यासमा सबैभन्दा बढी २५ रुपैयाँ प्रतिसिलिन्डर वृद्धि भएको छ ।

मूल्य बढेपछि मंगलबार बिहानबाट उपभोक्ताले पेट्रोल एक सय दुई, डिजेल र मट्टीतेल समान ७९ रुपैयाँमा खरिद गर्नुपर्नेछ । खाना पकाउने ग्यास बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धन ९० रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन नौ सय डलर प्रतिकिलोलिटर पुगेको छ ।

निगम प्रवक्ता वीरेन्द्र गोइतले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची बढेर आएकाले मूल्यवृद्धि गरिएको बताउनुभयो। ‘मूल्यवृद्धिपछि निगमलाई मासिक रूपमा २६ करोड ४० लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ,’ उहाँले भन्नुभयो । आइओसीले प्रत्येक १५ दिनमा (१ र १६ तारिख) मा नयाँ मूल्यसूची पठाउने गर्छ । १ तारिखमा सबै पेट्रोलियमको र १६ तारिखमा पेट्रोल, डिजेल र मट्टीतेलको मात्र नयाँ मूल्य सूची पठाउने गर्छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिस्तारै उकालो लाग्न थालेको छ र आइओसीले पठाउने मूल्य पनि बढ्न थालेको निगमले जनाएको छ । आइओसीले पठाएको नयाँ मूल्यका आधारमा पछिल्लो ४५ दिनमा निगमले तीनपटक पेट्रोलियमको भाउ बढाइसकेको छ ।

तपाईको प्रतिक्रिया