Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं । नुवाकोट जिल्लाको उत्तरपूर्वमा पर्ने शिवपुरी गाउँपालिकाको भवन निर्माणका लागि करोडभन्दा बढी मूल्यपर्ने चार रोपनी जग्गा निःशुुल्क प्राप्त भएको छ ।

शिवपुरी गापको वडा नं ५ महाकालीको शेराकोबगरमा पर्ने रु एक करोड पाँच लाख पर्ने दुई रोपनी तीन आना जग्गा महेन्द्रबहादुर महतका नातिहरु समाजसेवी नरेश महत र दिनेश महतले दान गर्नुभएको हो । मध्यपहाडी लोकमार्गसँगै रहेका उक्त जग्गा शिवपुरी–६ निवासी उहाँहरुले आफ्नो जग्गामा सरकारी भवन बनेर जनताले सेवा पाउने भएपछि खुशी व्यक्त गर्नुभएको छ ।

त्यसैगरी शिवपुरी गाउँपालिकाका लागि जग्गा दान दिनुहुनेमा महाकालीका गणेशप्रसाद पौडेलले सात आना, दलबहादुर कार्कीले पाँच आना, शिवप्रसाद पोखरेलले आठ आना र सीताराम आचार्यले आठ आना जग्गा निःशुुल्क पास गरेर गाउँपालिकालाई दिनुभएको हो । विभिन्न जग्गा दाताबाट प्राप्त झण्डै चार रोपनी जग्गामा शिवपुरी गाउँपालिकाको नाममा प्राप्त भइसकेको प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार महत परिवारले दिएको जग्गामा गाउँपालिका कार्यालयको मुख्य भवन बनाइने तयारी गरिएको छ । गाउँपालिका प्रमुख रामकृष्ण थापाले छ जना दाताले दिएका झण्डै चार रोपनी जग्गा गाउँपालिकाको भवन निर्माणका लागि अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो । उहाँले जग्गादातालाई धन्यवाद दिँदै गाउँपालिका भवन छिट्टै निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नुवाकोटमा दुई वटा नगरपालिकासहित १२ वटा स्थानीय तहमा आफ्नै कार्यालय भवन निर्माण हुन सकेको छैन । संघीयता कार्यान्वयनसँगै पहिलोपटक निर्वाचित जनप्रतिनिधिले पूर्वाधार तयारमा ध्यान दिएका छन् ।

तपाईको प्रतिक्रिया