Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – कुसुम र कोहलपुरकोे बीच समशेरगञ्ज नजिक पर्ने १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरलाई जंगली हात्तीले ढालिदिएपछि सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न क्षेत्रमा बिद्युत आपुर्ति रोकिएको छ ।

टावर नं. ४८५ क्षतिग्रस्त भए पश्चात लालपुर, अत्तरिया, पहलमानपुर, भुरिगाउँ र कोहलपुर सवस्टेनमा नेपालबाट उत्पादित विद्युत प्रवाह गर्न नमिल्ने भएको छ । भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने विद्युत मात्र प्रवाह भइरहेकाले ती सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने विभिन्न क्षेत्रहरुमा पिक आवरका समयमा करिब १५ मेगावाट विद्युत अपुग भई केहीबेर विद्युत कटौती गर्नुपर्ने अवस्था आएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ढलेको टावरको अवस्था जाँच गर्न एक टोलिलाई सम्शेरगञ्ज पठाइएको छ । साथै विद्युत आपुर्ति सुचारु गर्नको लागि अस्थायी व्यवस्था समेत गर्न लागिएको छ ।

तपाईको प्रतिक्रिया