Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – अाज पनि सेयर बजार परिसूचक (नेप्से) घटेको छ । बजारमा आएको सबै समूहको परिसूचक राताम्य भएकोले नेप्से ९.२९ अंकले ओरालो लागेको हो ।

ओरालो लगेर परिसूचक एक हजार ४८४.४७ अंकमा अडेको छ ।  अाज १५५ कम्पनीको कारोबार भएको छ । ९ लाख ८३ हजार १०८ कित्ता सेयर ४ हजार ३९१ पटक किनबेच हुँदा ४२ करोड ४३ लाख ७० हजार ३९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारमा सबै नौ ओटा समूहको सेयर परिसूचक घटेको छ । सबैभन्दा बढी विमा समूहको परिसूचक ४३.४९ अंकले घटेको छ । त्यस्तै उत्पादन, हाइड्रो पावर, अन्य समूहको परिसूचक क्रमशः ३५.८१, २६.६६, १०.९८ अंकले घटेको छ ।

साथै ‘क’ बर्गको सेन्सेटीभ इण्डेक्स पनि २.०७ अंकले घटेर ३१२.६८ मा अडिएको छ ।

तपाईको प्रतिक्रिया