Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं –  आगामी आर्थिक वर्षको बजेट करिब १६ खर्ब रुपैयाँको हुने देखिएको छ ।

संघीय संरचना कार्यान्वयनका लागि अधिक स्रोतको आवश्यकता भएसँगै बजेटको आकार १५ खर्ब ७० अर्ब रुपैयाँ पुग्ने अर्थ सचिव शंकर अधिकारीले बताउनुभयो । संघीय बजेट विनियोजन संरचनाअनुसार अर्थ मन्त्रालयले बजेट निर्माण सुरु गरिसकेको समयमा अर्थ सचिव अधिकारीले यस्तो खुलासा गर्नुभएको हो ।

अधिकारीको अनुमानअनुसारकै बजेट बनाइए पनि त्यो चालु आर्थिक वर्षको भन्दा करिब ३ खर्ब रुपैयाँ बढी हुनेछ । चालु आर्थिक वर्षको बजेट १२ खर्ब ७८ अर्ब रुपैयाँको छ ।

तुलनात्मक रुपमा संघीय संरचना केही खर्चिलो देखिए पनि कार्यान्वयनमा समस्या नरहेको उहाँले बताउनुभयो।

तपाईको प्रतिक्रिया