आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

सुनसरी – चुनावी सभालाई लक्षित गरी इटहरीमा बम विस्फोट भएको छ । इटहरीको वडा नम्बर ५ जनता बस्तीमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभा छेउमै बम विस्फोट भएको हो । विस्फोटबाट भौतिक क्षति भने भएको छैन ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सञ्जय राउतले बम कसले पड्कायो भनेर अनुसन्धान भइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया