Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – त्रिवि शिक्षण अस्पतालका प्रा.डा गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशलाई ऐनको रुप दिन राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

सो अध्यादेश जारी भएपनि पुनः विथोलिन सक्ने भन्दै डा. केसीले आउने संसदबाट यसलाई ऐनको रुप दिन आग्रह गर्नुभयो । डा. केसीले आज राजधानीको महाराजगञ्जमा पत्रकार सम्मेलन गरी अन्य माग सम्बोधनका लागि पनि सरकारलाई निरन्तर दबाब दिने बताउनुभयो ।

मेडिकल कलेजहरुका लागि शुल्क तोकेर कडाईका साथ लागु गर्नुपर्ने, एमबीबीएस पढाईमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने लगायत माग डा. केसीको छ । विभिन्न दलहरुको चलखेलका कारण चिकित्सा शिक्षा अध्यादेश जारी हुन ढिलाई भएको डा. केसीको आरोप थियो ।

तपाईको प्रतिक्रिया