Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – राजगुठीका जग्गा अतिक्रमण हुने, गुठी जग्गामा खेतीबाली ठेक्कामा नलाग्ने, लागे पनि ठेक नतिर्नेजस्ता समस्या समाधान गर्न गुठी संस्थानको टाउको दुखाईको विषय बन्दै गएको छ ।

गुठीका जग्गा कति अतिक्रमण भयो भन्ने यकिन जानकारी स्वयं संस्थानले अद्यावधिक भने गरेको छैन । अर्कोतर्फ गुठीको आम्दानीबाट पर्वपूजा, जात्रा, यात्रा साथै देवस्थलका महन्त, पूजारी कामदारलाई खर्च भुक्तानी दिनसमेत नपुग्ने अवस्था बन्दै गएको छ । संस्थानको ५४औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा दिएको जानकारीअनुसार संस्थानका कूल प्रशासिनक खर्च १२ करोडमध्ये रु छ करोड कर्मचारी निवृत्तीभरणमा मात्र खर्च हुने गर्छ ।

चालू आवमा संस्थानले कूल ५८ करोड ६७ लाख आय गर्ने अनुमान लगाएको छ । संस्थानका प्रमुख प्रशासक नारायण चौधरीले संस्थानको अक्षयकोषमा दुई अर्ब १० करोड र पेन्सन उपदान कोषमा ४० करोड रहेको जानकारी दिनुभयो । उहाँले परिवर्तित अवस्थामा संस्थानको आर्थिक पक्षलाई बलियो बनाउन र संस्थानअन्तर्गतका जमिन संरक्षण गर्न प्राथमिकता दिएको बताउनुभयो ।

रक्षा मन्त्री भीमसेनदास प्रधानले सो अवसरमा धार्मिक, सामाजिक, सांस्कृतिक एवं परोपकारी कार्यमा संस्थानले गरेका कार्य महत्वपूर्ण रहेको चर्चा गर्दै संस्थानको आर्थिक पक्षलाई बालियो बनाउन सरकारले ध्यान दिनेछ भन्नुभयो । उहाँले आगामी प्रतिनिधि सभा÷प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो । विसं २०२१ कात्तिक १७ गते संस्थानको स्थापना भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया