Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं –  मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी देखा पर्छ । मानिसहरूले रुघाखोकीलाई सामान्य रूपमा लिए पनि यो रोगले निकै सताउँछ, आक्रान्त बनाउँछ । अहिले रुघाखोकीले सताउने समय पनि हो । यो समस्याले कसैलाई धेरै च्याप्छ भने कसैलाई तुलनात्मक कम हुन्छ । रुघा लागेपछि सिँगान बगिरहने, नाक टालिने, सास फेर्न गाह्रो हुनेलगायतका समस्या देखा पर्छन् । कफ जमेको छ भने छाती गह्रौँ हुने गर्छ, खोकी लागिरहन्छ ।

के नगर्ने
-दही, अचार, चिसो, अमिलो तथा गुलियोे पदार्थ सेवन नगर्ने ।
-चिसो, धुवाँ र धुलोबाट बच्ने ।
-नुहाउनुपरेमा तोरी वा तिलको तेलले सम्पूर्ण शरीर मालिस गर्ने र मनतातो पानीले नुहाउने ।
-सफा, सुकिलो र जाडोमा न्यानो कपडा लगाउने ।

उपचार विधि
-नियमित झोलिलो खानेकुरा खाने ।
-रुघाखोकी लागेका व्यक्ति घरका अन्य परिवारसँग अलिकति टाढा बस्ने ।
-बालबालिका अथवा दमका बिरामीलाई रुघाखोकी लागेको छ भने झन्डै १० दिनसम्म टाढै बस्ने ।
-बिहान–बेलुकी सुत्ने वेलामा बाफ लिने गर्दा नाक टालिएको खुल्छ ।
-अलिअलि गर्दै तातो पानी पिइरहने ।
-तातो रसदार खानेकुरा खाइरहने ।
-रुघाको लक्षण देखिनासाथ तातो पानी सेवन गर्ने ।
-गहन आरामको अनुभव गर्ने ।
-संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग गर्नु हुँदैन ।

तपाईको प्रतिक्रिया