Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाल पोलियो मुक्त राष्ट्र घोषित भइसकेपनि अझै सचेतना अपनाउन आवश्यक रहेको सरोकारवालाले सुझाएका छन् ।

विश्वबाटै पोलियो उन्मुलन नभएसम्म यसको समस्या पुनस् देखिन सक्ने भन्दै उनीहरुले नेपालमा पनि सतर्कता अपनाउन जरुरी रहेको बताएका हुन् । रोटरी इन्टरनेशनल नेपाल राष्ट्रिय पोलियो प्लस समितिले ललितपुरमा आज गरेको कार्यक्रममा सचिव डा. बद्रीराज पाण्डेले नेपाल पोलियो मुक्त भएपनि विश्वबाटै पोलियो उन्मुलन भइनसकेकाले सचेत रहन आवश्यक रहेको बताउनुभयो ।

सन् २०१० को अगस्ट १० सम्म पोलियो शून्य भएपछि २०१४ मा नेपाललाई विश्व स्वास्थ्य संगठनले पोलियो मुक्त राष्ट्र घोषित गरेको थियो । अझै पनि अफ्गानिस्तान र पाकिस्तानमा पोलियोको समस्या रहेकाले नेपालमा पनि सो भाइरस आउन सक्ने भन्दै सतर्कता अपनाउन जरुरी रहेको समितिका अध्यक्ष रत्नमान शाक्यले बताउनुभयो ।

सन् १९८० देखि २०१६ सम्म आईपुग्दा विश्वभर पोलियोको घटनामा ९९ प्रतिशतले कमीले आएको विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्यांकमा छ ।

तपाईको प्रतिक्रिया