Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – सरकारले असोज महिनाको सुरुदेखि थप सात जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको छ ।

१५ जिल्लामा बीमा कार्यक्रम जारी राखेको सरकारले यो महिनादेखि झापा, सुनसरी, सोलुखुम्बु, सिन्धुली, रोल्पा, सुर्खेत र बर्दियामा कार्यक्रम विस्तार गरेको हो । यो सँगै बीमा कार्यक्रम लागु हुने जिल्ला २२ पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा. गुणराज लोहनीले बताउनुभयो ।

असोज ६ गते बर्दिया, सुर्खेत, रोल्पा र सिन्धुलीमा कार्यक्रम विस्तार गरेको सरकारले २५ गते सोलुखुम्बु, झापा र सुनसरीमा विस्तार गरेको हो । बाँकी जिल्लामा प्रत्येक तीनरतीन महिनाको अन्तरमा बीमा कार्यक्रम लैजाने डा. लोहनीले जानकारी दिनुभयो ।

सेवा लिनका लागि नागरिकले जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमा सदस्य बन्नुपर्ने प्रावधान छ । सदस्य बनेपछि एउटा परिवारले एक वर्षका लागि २ हजार ५ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने डा. लोहनीले बताउनुभयो ।

परिवार संख्या पाँच जना भन्दा बढी भए प्रतिव्यक्ति ४ सय २५ रुपैयाँका दरले बुझाइएको शुल्कबाट बिमितले बढीमा ५० हजार रुपैयाँ सम्मको औषधि उपचार सुविधा पाउने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया